• १२ साउन २०८१, शनिबार

नेकपा एसको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

blog

नेकपा (एकीकृत समाजवादी) द्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र सार्वजनिक । तस्बिर : कविता थापा

काठमाडौं, कात्तिक १४ गते । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरूले सामूहिक रूपमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणा पत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताउनुभएको छ ।

महासचिव भुसालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि सत्तारुढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्न नसकिने बताउनुभएको छ । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो टिप्पणी गर्नु भएको हो ।

महासचिव भुसालले सत्तारुढ गठबन्धन निर्वाचनपछि पनि कायमै रह्यो भने आफूहरुले चुनावी घोषणा पत्रमा सार्वजनिक गरेको कुरा त्यही भित्र रहेर कार्यान्वयन गर्ने र नरहे बाहिर बसेर पनि जनताको प्रतिनिधिको रुपमा त्यसलाई कार्यान्वयनका लागि पहल गरिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ । अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन । यही गठबन्धन रह्यो भने यही गठबन्धनको सरकार बन्यो भने पनि हामी हाम्रा नीतिहरु कार्यान्वयनका निम्ति पहल गर्छौं । यो भन्दा अर्को बन्यो भने पनि हामी पहल गर्छौ ।’’

गठबन्धन यही रहने र आफ्नो पार्टी पनि सरकारमा जाने परिस्थिति बन्यो भने पार्टीको नीति, कार्यक्रम र चुनावी घोषणा पत्रका प्रतिवद्धता सरकारमै रहेर कार्यान्वयनका लागि पहल गर्ने महासचिव भुसालको भनाइ थियो ।

महासचिव भुसालले आफूहरुले घोषणा पत्रमा पार्टी सरकारमा नरहने परिस्थिति आयो भने पनि जन प्रतिनिधिको हैसियतमा भूमिका निर्वाह गर्नै कुरा उल्लेख गरिएको स्पष्ट पार्नु भयो ।

‘‘हामीले यो घोषणा पत्रमै के भनेका छौं भने–हामी सरकारमा रहने अवस्था भयो भने हामी यी हाम्रा प्रतिवद्धताहरुलाई कार्यान्वयनमा उर्ताछौं । यदि हामी सरकारमा रहनौं भने हामी हाम्रा आवाजहरु जनताको आवाजको रुपमा जनप्रतिनिधिको रुपमा उठाईरहन्छौं । हाम्रोतर्फबाट हामीले पहल गरिरहन्छौं भनेका छौं । कुरा यही हो । गठबन्धन यही रहन्छ, यो गठबन्धनमा हामी पनि रहन्छौं भने हामीले हाम्रा नीति, कार्यक्रमहरु सरकारमै रहेर पहल गछौं । यदि यो रहेन भने अर्कैं परिस्थिति निर्माण भयो भने तदनुकूलनै हाम्रा कुराहरु लिएर अघि बढछौं ।’’

महासचिव भुसालले आधारभूत तहको शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन पनि आफूहरुले पहल गर्ने कुरा घोषणा पत्रमा समावेश गरिएको बताउनुभयो ।