• ६ वैशाख २०८१, बिहिबार

राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा (फोटो फिचर)

blog

कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, कात्तिक १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गर्नुभएको छ। 

काठमाडौं महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगेर उहाँले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभयो।  आइतबार नै राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण भएको छठ पूजास्थलमा सूर्यसहित छठी माताको पूजा गर्नुभएको थियो । 

पूजास्थलमा आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षासेवी, उद्योगी व्यवसायीलाई सम्मान गर्नुभएको थियो। पूजास्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।