• २१ असार २०८१, शुक्रबार

आज हरिबोधनी एकादशी (फोटो फिचर)

blog

एकादशीको अवसरमा पशुपतिनाथमा तोरन टाँग्दै भक्तजन । तस्बिरः कविन अधिकारी

काठमाडौँ, कात्तिक १८ गते । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन छ।
हरिबोधनीका दिन विष्णु भगवानकाे पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो एकादशी हरिबोधनीलाई मान्ने गरिन्छ । हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । असार शुक्ल एकादशीको दिन भगवान् विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ । 

विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । आज काठमाडौँको पशुपति नाथ, बूढानीलकण्ठ, तनहुँको देवघाटधाम, मुक्तिनाथधाम लगायतका क्षत्रेमा विशेष मेला लाग्ने गर्दछ । पशुपतिनाथमा एकादशीको अवसरमा तोरन टाँग्दै भक्तजन ।