• १५ चैत २०८०, बिहिबार

इन्फोग्राफमा आयोगको आँकडा

चुनावी मैदान : काठमाडौंका १० क्षेत्रमा उच्च प्रतिस्पर्धा

blog

काठमाडौं, कात्तिक १७ गते । निर्वाचनको प्रसार प्रसार सुरु भएसँगै देशको सबैभन्दा बढी १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौं जिल्लामा उम्मेदवारबीच उच्च प्रतिस्पर्धा हुने भएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको काठमाडौं क्षेत्र नं. १ मा २१ राजनीतिक दल र ११ स्वतन्त्रसहित कुल ३२ उम्मेदवार रहेका छन् । जसमा १० महिला र २२ पुरुष उम्मेदवार छन् ।


निर्वाचन आयोगले बिहीबार काठमाडौं क्षेत्र नं. १ देखि १० सम्मको क्षेत्रअनुसार विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको विवरणमा काठमाडौं क्षेत्र नं. १ मा कूल मतदाताको सङ्ख्या ४५ हजार १८ छन् । त्यस्तै, क्षेत्र नं. १ मा २२ मतदान स्थल र ५२ मतदान केन्द्र रहेका छन् ।

यसैगरी, खस आर्य ५३.१३, आदिवासी–जनजाति ३७.५०, थारु ३.१३, दलित ३.१३ र मधेशी ३.१३ प्रतिशत समावेशी उम्मेदवार छन् ।

काठमाडौं क्षेत्र नं. २
काठमाडौं क्षेत्र नं. २ मा राजनीतिक दल २० र स्वतन्त्र १० गरी ३० उम्मेदवार रहेका छन् । जसमा २५ पुरुष र पाँच महिला छन् । त्यस्तै, ४० मतदान स्थल र ९५ मतदान केन्द्रमा ८१ हजार ९७० मतदाताले मतदान गर्ने छन् । ४० हजार नौ हजार पुरुष र ४१ हजार ९६१ महिला गरी क्षेत्र नं. २ मा  ८१ हजार ९७० मतदाता छन् । उम्मेदवारको समावेशी विवरण अनुसार खस आर्य ८३.३३ प्रतिशत र आदिवासी–जनजाति १६.६७ प्रतिशत छन् ।


काठमाडौं क्षेत्र नं. ३
काठमाडौं क्षेत्र नं. ३ मा २९ मतदान स्थलभित्र ६८ मतदान केन्द्रमा ५८ हजार ८८९ मतदाताले मतदान गर्नेछन् । जसमा ३० हजार ८४ पुरुष र २८ हजार ८०५ महिला मतदाता छन् । त्यस्तै, निर्वाचन क्षेत्र नं. ३ मा १५ राजनीतिक दल र आठ स्वतन्त्र गरी २३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारको समावेशी विवरणमा ६०.८७ प्रतिशत खस आर्य, आदिवासी जनजाति ३०.४३ प्रतिशत र दलित ८.७ प्रतिशत रहेका छन् ।


काठमाडौं निर्वाचन क्षेत्र नं. ४

काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६९ हजार ७५२ जना मतदाताले मतदान गर्नेछन् । जसमा ३३ हजार ४७४ पुरुष, ३६ हजार २७७ महिला र एक जना अन्य छन् । आयोगका अनुसार ३३ मतदान स्थलभित्र ८२ मतदान केन्द्र रहेको छ ।

१७ राजनीतिक दल र १४ स्वतन्त्र गरी ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमा ७७.४२ प्रतिशत खस आर्य, दलित ३.२३ प्रतिशत र आदिवासी–जनजाति १९.३५ प्रतिशत छन् ।


काठमाडौं निर्वाचन क्षेत्र नं. ५

आयोगले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १५ राजनीतिक दल र १४ स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ ।

उम्मेदवारको समावेशी विवरणमा ७५.८६ खस आर्य, ३.४५ दलित र आदिवासी–जनजाति २०.६९ प्रतिशत रहेको आयोगले जनाएको छ । निर्वाचनमा ३१ मतदान स्थलभित्र ८१ मतदान केन्द्रमा ७० हजार ९१९ मतदाताले मतदान गर्ने छन् । जसमा ३३ हजार ७९१ पुरुष, ३७ हजार १२५ महिला र तीन जना अन्य मतदाता छन् ।


काठमाडौं निर्वाचन क्षेत्र नं. ६
निर्वाचन आयोगले काठमाडौं क्षेत्र नं. ६ मा ३२ मतदान स्थलमा ७५ मतदान केन्द्र तोकेको छ । कुल ६२ हजार १०२ मतदाता रहेको निर्वाचन क्षेत्र नं. ६ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । चुनावी प्रतिस्पर्धामा १३ जना राजनीतिक दलबाट र ११ जना स्वतन्त्रबाट उम्मेदवार बनेका छन् भने २३ जना पुरुष र एक जना महिला छन् ।


काठमाडौं निर्वाचन क्षेत्र नं. ७
यस क्षेत्रमा २० हजार ६२७ पुरुष र ३१ हजार ६६४ गरी ६१ हजार २९१ मतदाता छन् । जसमा २९ हजार ६२७ र ३१ हजार ६६४ महिला मतदाता रहेका छन् । आयोगका अनुसार १३ जना राजनीतिक दल र १६ जना स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी मैदान छन् । जसमा २४ पुरुष र ५ महिला उम्मेदवार छन् । आयोगले काठमाडौं क्षेत्र नं. ७ मा २९ मतदान स्थल र ७१ मतदान केन्द्र तोकेको छ ।


काठमाडौं निर्वाचन क्षेत्र नं. ८

निर्वाचन क्षेत्रअनुसार यस क्षेत्रमा १६ राजनीतिक दल र तीन स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमा १७ पुरुष र एक महिला उम्मेदवार छन् । उम्मेदवारको समावेशीतर्फ ७८.९५ प्रतिशत आदिवासी–जनजाति, १५.७९ प्रतिशत खस आर्य र ५.२६ प्रतिशत दलित छन् ।

आयोगले तोकेको २३ मतदान स्थलभित्र ६१ मतदान केन्द्रमा ५३ हजार १०६ मतदाताले मतदान गर्ने छन् । कुल मतदातामध्ये २५ हजार ६३२ पुरुष र २७ हजार ४७४ महिला छन् ।


काठमाडौं निर्वाचन क्षेत्र नं. ९
आयोगले यस क्षेत्रमा ३४ मतदान स्थलमा ८५ मतदान केन्द्र तोकेको छ । कुल ७२ हजार १७३ मतदाता रहेको यस क्षेत्रमा २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जसमा १२ राजनीतिक दल र १० स्वतन्त्र गरी २२ जना उम्मेदवार चुनावी मैदान रहेको आयोगले जनाएको छ । उम्मेदवारको समावेशी विवरणमा ६३.६४, खस आर्य र ३६.३६ प्रतिशत आदिवासी–जनजाति छन् ।


काठमाडौं निर्वाचन क्षेत्र नं. १०
यस क्षेत्रमा ४७ मतदान स्थलभित्र ९७ मतदान केन्द्रमा ७६ हजार ९०६ मतदाताले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्ने छन् । जम्मा १५ राजनीतिक दल र तीन स्वतन्त्र गरी १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसमा १६ पुरुष र दुई महिला छन् । उम्मेदवारको समावेशी विवरणतर्फ ५० प्रतिशत खस आर्य, ४४.४४ प्रतिशत आदिवासी–जनजाति र ५.५६ प्रतिशत मधेशी छन् ।

इन्फोग्राफ : निर्वाचन आयोग नेपाल