काठमाडौं, कात्तिक १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार रवि लामिछाने नेतृत्वको रास्वपाले निर्वाचनका लागि वाचापत्र सार्वजनिक गरेको हो ।
वाचापत्रमा अबको ३१ वर्षपछि अर्थात् विसं. २११० मा गरिबीको सङ्ख्या शून्यमा झार्ने अठोट गरिएको छ ।
रास्वपाको वाचापत्रमा भनिएको छ, ‘‘गरिबीको रेखामुनि रहेका नेपालीको सङ्ख्या शून्य हुनेछ । सबै नागरिकको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनेछ ।’’ त्यस्तै, गाउँ र सहरलाई आधुनिक सुविधासम्पन्न बनाइने छ ।