• १५ चैत २०८०, बिहिबार

अञ्जली ‘दिदी’ को सामूहिक भाइटीका (फोटो फिचर)

blog

काण्ठमण्डप परिसरमा सामूहिक भाइटीका लगाइदिनुहुँदै अञ्जली दिदी । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, कात्तिक १० गते । वि.सं. २०५५ सालदेखि निरन्तररुपमा सामूहिक भाइटीका लगाउँदै आउनुभएको अञ्जली दिदीले यस सामाजिक कार्यलाई यसपालि पनि निरन्तर दिनुभएको छ ।

भाइटीका भनेको लिनु र दिनु मात्र नभई श्रद्धा, माया र भावना साटासाट गरेको मनाउने उत्सव हो भन्नुहुने अञ्जली दिदी लामो समयदेखि सामूहिक भाइटिका लगाउँदै आउनुभएको हो ।

दशैं सकिएलगत्तै सामूहिक भाइटीको तयारीमा जुट्नु हुने अञ्जली दिदीले भाइटीकाका लागि नेवार समुदायमा नभई नहुने ‘जंजका’ आफैँ बनाउँदै आएको छ ।

हरेक वर्ष दिदीबहिनी नभएका दाजुभाइलाई उहाँले टीका लगाउँदै आउनुभएको छ । यस वर्ष पनि अञ्जली दिदीले दुई सयभन्दा बढी दाजुभाइलाई भाइटीका लगाइदिनु भयो । जसमा नेपाल नेपाल घुम्न आएका विदेशीहरु समेत थिए ।

विराटनगर निवासी वर्ष ७० का राम श्रेष्ठले आफ्ना पाँच दाजुभाइ भए पनि दिदीबहिनी नभएका कारण लामो समयदेखि अञ्जली दिदीको हातबाट टीका लगाउँदै आएको बताउनुहुन्छ ।

मनमा श्रद्धा लिएर हरेक वर्ष दिदीको हातबाट भाइटीका थाप्न काठमाडौं आउने गरेको श्रेष्ठको भनाइ छ । यसैगरी, सप्तरीका श्याम मण्डल पनि विगत १५ वर्षदेखि अञ्जली दिदीको हातबाट भाइटीका लगाउँदै आउनुभएको छ । हरेक वर्ष सामूहिक भाइटीकामा सम्मिलित भई दिदीको हाटबाट टीका लगाउँदै आएको  मण्डलको भनाइ छ ।




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।