शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडाैँ, कात्तिक १२ गते । काठमाडाैँ जिल्लाको दक्षिण पश्चिममा पर्ने सांस्कृतिक नगरी कीर्तिपुरमा धान सुकाउने काममा किसानहरू व्यस्त रहेका छन् ।
तिहारअघि नै धान काटिसकेका किसानहरूले धान सुकाउँदै सुकेका धान थन्क्याउन लागेका छन् । सहरीकरणसँगै किसान पेसा सङ्कटमा परेको स्थानीय बताउँछन् ।
बचेको जग्गामा लगाइएका धान सुकाउन पनि अहिले नयाँ बनेका अग्ला घरका कारण सुकाउन समस्या पर्ने गरेको बताइन्छ ।

मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।