सत्कार बचत सहकारीका सचिवसहित तीनजना पक्राउ
सत्कार बचत तथा ऋण सहकारी संस्था लि. को रकम हिनामिना गरेको अभियोगमा सचिवसहित ३ जना पक्राउ परेका छन् ।
सहकारी बचत रकम हिनामिनासम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पार्दै
सहकारी संस्थाको बचत रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ ।
आधा घट्यो बैङ्कले बाँड्ने नाफा
आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा वाणिज्य बैङ्कहरूले करिब आधा मात्रै नाफा वितरण गर्न सक्ने देखिएको छ । सबै २० वाणिज्य बैङ्कले नाफा आर्जन गरेका भए पनि चार बैङ्कले सेयरधनीलाई नाफाबापतको लाभांश बाँड्न नसक्ने भएका छन् ।
वैदेशिक रोजगार बचतपत्रमा न्यून आकर्षण
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बचतमा आकर्षित गर्ने उद्देश्यससहित सरकारले सुरु गरेको वैदेशिक रोजगार बचतपत्रमा आकर्षण कम देखिएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले विगत ११ वर्षमा कुल आह्वानको केवल ४.९ प्रतिशत मात्र त्यस्तो बचतपत्र बिक्री भएको देखिएको हो ।
अर्थतन्त्र सुधार्ने लचिलो मौद्रिक नीति
विगत दुई वर्षयता शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राजधानीको बालुवाटारस्थित राष्ट्र बै
अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति
राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको छ।
वित्तीय साक्षरता अभियान सञ्चालन हुने
नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई अभियानकै रुपमा अगाडि बढाउने भएको छ। आम मानिसलाई वित्तीय रुपमा साक्षर बनाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त प्रबन्ध गरेको हो।
मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति
बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही खुकुलो व्यवस्थाहरु ल्याएको छ । यसका लागि पुँजीकोषका उपकरण तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको छ ।
मौद्रिक नीति २०८१/८२ : बैंकदर र निक्षेप सङ्कलन दर घटाइयो
“ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दर पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ”, मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भन्नुभयो । ब्याजदर करिडरको तल्लो सीमाका रुपमा रहेको तीन प्रतिशतको निक्षेप सङ्कलन दरलाई भने यथावत् राखिएको छ ।
आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति प्रस्तुत । (प्रत्यक्ष प्रसारण)
नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंले मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।
मौद्रिक नीति आज सार्वजनिक हुँदै
चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक हुने उक्त बैंकका एकजना वरिष्ठ अधिकारीले राससलाई जानकारी दिनुभयो ।
ऋणको पुनसंरचनापछि श्रीलङ्काको ब्याजदरमा गिरावट
श्रीलङ्काको केन्द्रीय बैङ्कले बुधबार ब्याज दरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनसंरचनापछि बैङ्कले पहिलो पटक ब्याजदर कटौती गरेको हो ।
सिटिजन्स बैंकको ८.९९५ घर कर्जा योजना सार्वजनिक
बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१–०८२ को सुरुवातसँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उदघोषका साथ सात वर्षका लागि स्थिर रहने गरी ८.९९ प्रतिशत प्रती वर्ष घर कर्जा योजना मङ्गलबार सार्वजनिक गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा शाखा विस्तार
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
पुँजी बजार दुई वर्षयताकै उच्च बिन्दुमा
लामो समयको अन्तरमा पुँजी बजारमा उच्च अङ्कको सुधार भएको छ । त्यस्तै कारोबार रकम पनि उच्च भएको छ । पुँजी बजारको यस्तो सुधार दुई वर्षयताकै राम्रो हो । नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बन्ने र अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा चलेपछि सेयर बजारमा उच्च वृद्धि भएको हो ।
मौद्रिक नीतिमा चेम्बरको उनन्चालिसबुुँदे सुझाव
नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९ बुँदे सुझाव नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेस गरेको छ ।
दिगो विकासको लक्ष्य हासिल गर्न बैङ्कले थप लगानी गर्ने
दिगो विकासको लक्ष्य हासिल गर्न बैङ्कले थप लगानी बढाउँदै जानुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नबिल बैंकले ल्यायो ‘द नबिल ढुक्क घर कर्जा’ योजना
नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१ औँ वर्ष प्रवेशको अवसरमा काठमाडौँमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममार्फत यस्तो योजना ल्याएको हो ।
अर्थमन्त्रालय लगायतसँग सहकारी छानबिन संसदीय विशेष समितिको छलफल
प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व न्यायाधीकरणलगायतसँग छलफल गरेको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा सङ्घीय सांसदलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आयोजनामा सङ्घीय संसद्का सदस्यहरूका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सञ्चालन भएको छ ।
सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ् सेन्टरको स्थापना
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सबै प्रदेशको प्रदेश कार्यालयस्थित भवनमा लर्निङ् सेन्टर सञ्चालनमा ल्याएको छ ।
‘अपचलन गर्ने सहकारीले रकम फिर्ता गर्नु पर्छ’
सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धमा छनबिन गर्न गठन गरिएको संसदीय छानबिन विशेष समितिले समग्र सहकारी क्षेत्रमा देखिएको सङ्कटको प्रभावका विषयमा सरोकारवालासँग परामर्श गरेको छ ।
सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार
यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिनुभयो ।
परिपक्व साँवा तथा ब्याज भुक्तानी लिन आग्रह
बचतपत्र धनीलाई बचत भुक्तानी फिर्ता लिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ । राष्ट्र बैङ्कमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीले बचत फिर्ता लिन नआएपछि राष्ट्र बैङ्कले सार्वजनिक रूपमा सूचना जारी गरेर बचत फिर्ता लिन आग्रह गरेको हो ।