• ४ साउन २०८१, शुक्रबार

नबिल बैंकले ल्यायो ‘द नबिल ढुक्क घर कर्जा’ योजना

blog

काठमाडौँ, असार २८ गते । नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नबिल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१ औँ वर्ष प्रवेशको अवसरमा काठमाडौँमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममार्फत यस्तो योजना ल्याएको हो ।

बैंकले यस योजना सातवर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९.४ प्रतिशत निर्धारण गरेको छ । योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । बैंकले नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफरसमेत ल्याएको छ । जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटिएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एन बैंक तथा एनबैंक एपको शुल्क ५० प्रतिशत छुट दिने भएको छ ।

साना तथा मझौला उद्यममा एक करोड रुपियाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा दिने र कृषि तथा उत्पादनमूलक उद्योगमा पाँच करोड रुपियाँसम्मको कर्जा आधारमा दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ ।

कार्यक्रम बोल्नुहुँदै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मनोज ज्ञवालीले विगतमा काठमाडौं केन्द्रित बैंककका रुपमा चिनिएको बैंक अहिले देशभर फैलिएको बताउनुभयो । उहाँले ४० वर्षमा नबिल बैंक डिजिटल रुपमा समेत सबै नेपालीको बैंक बन्न सफल भएको बताउनुभयो ।

उहाँले बैंकहरुले अब नाफा कमाउने र ब्यालेन्स सिट वृद्धि मात्रै नभ दिगो विकासका लागि काम गर्न आवश्यक भएको बताउनुभयो । उहाँले बैंकहरु जिम्मेवारी भएर राष्ट्रियताका लागि काम गर्न जरुरी भएको जानकारी दिनुभयो । ज्ञवालीले आगामी दिनमा नबिल बैंकले सस्तो, सुलभ र सहज सेवा ग्राहकलाई दिने गरी सेवा दिने बताउनुभयो ।

नविल बैंकले स्थापनादेखि आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले डिजिटल बैंकिङ सेवालाई विशेष प्राथमिकता दिएर सेवा सञ्चालन गरिरहेको छ । बैंकले सन् १९८४ मा नेपाल अरब बैंकका नाममा स्थापना भएको नबिल बैंकले बैंकिङ क्षेत्रमा पृथक् पहिचान बनाएको छ ।