बैङ्किङ कसुर तथा सजाय विधेयक अर्थ समितिबाट पारित
बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ । १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिबाट पारित भएको हो ।
बाउन्स चेक दिनेलाई ब्याजसहित कैद
चेक अनादर (बाउन्स) मुद्दामा आर्थिक जरिबाना मात्रै गर्ने अथवा कैद भुक्तान गर्नुपर्ने भन्ने बहस टुङ्गिएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलपछि यस किसिमको मुद्दामा कैद र जरिबाना दुवै भराउने सहमति भएको हो ।
राष्ट्रिय वाणिज्य बैंक र खाद्यबीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
ग्लोबलमा खाता खोल्दा पाँच फाइदा
ग्लोबल आइएमई बैङ्क लिमिटेडले नयाँ खाता खोल्दा विभिन्न सुविधासहितको विशेष योजना सार्वजनिक गरेको छ । बैङ्कले नयाँ खाता खोल्दा नियमित सुविधासहित पाँच वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत बैङ्कमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधा सँगसँगै डिम्याट खाता, मेरो सेयर, सी आस्बा तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ ।
चेक अनादरमा सोझै कारबाहीमा जोड
चेक अनादरसम्बन्धी मुद्दामा सोझै कारबाही गर्न सांसदहरूले जोड दिनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा बैङ्किङ कसुर तथा सजायसम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० माथि भएको छलफलमा सांसदहरूले चेक अनादर मुद्दामा ३० दिनको म्याद राख्न नहुने बताउनुभएको हो । सरकारले कानुन बनाउँदा पीडितको संरक्षण हुने गरी कानुन बनाउनुपर्नेमा सांसदहरूको जोड थियो ।
नबिल बैङ्कले अग्राधिकार सेयर जारी गर्ने
नबिल बैङ्कले पाँच अर्ब रुपियाँ बराबरको नबिल आठ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैङ्कको मङ्गलबार सम्पन्न विशेष साधारण सभाले यस्तो सेयर जारी गर्ने निर्णय गरेको हो । राष्ट्र बैङ्कले यस्तो सेयर जारी गर्ने अनुमति दिएसँगै पहिलो पटक नबिल बैङ्कले यो प्रकृतिको सेयर जारी गर्ने निर्णय गरेको हो । संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने यस्तो सेयरधनीलाई वितरणयोग्य नाफाको आठ प्रतिशत रकम छुट्याएर बाँकी नाफा सर्वसाधारण सेयरधनीका लागि वितरण गर्न पाइन्छ ।
ग्लोबलले ल्यायो बालबालिकालक्षित एप
बालबालिकालाई लक्षित गर्दै ग्लोबल आइएमई बैङ्कले ‘ग्लोबल जुनियर’ एप सार्वजनिक गरेको छ । बैङ्किङ क्षेत्रमै पहिलो पटक बालबालिकालक्षित बैङ्कले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैङ्किङ कारोबारसम्बन्धी अभ्यस्त गराउन यो एप ल्याइएको बैङ्कले जनाएको छ । बैङ्कका अनुसार परिवार र बालबालिकाबिच हुने नगद कारोबारलाई डिजिटल गराउनु यो एपको उद्देश्य हो ।
सहकारीपीडितको प्रदर्शनले यातायात अस्तव्यस्त, के थियो सहमति ?
सङ्घीय, प्रदेश र स्थानीय तहमा दर्ता भएका विभिन्न सहकारी संस्थामा रहेको बचत रकम दुरुपयोगका सन्दर्भमा छानबिन र बचत फिर्ताको माग गर्दै सहकारीपीडितले काठमाडौँमा प्रदर्शन गरेका छन् । सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने, राज्यले सहकारी संस्थाको आर्थिक अपचलन गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने, सहकारीका अनुगमन संयन्त्र प्रभावकारी बनाउनुपर्ने र राज्यसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग राखेर पीडितले प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घसहित २५० भन्दा धेरै सहकारीपीडितका सङ्घ संस्थाले १०१ दिनदेखि धर्ना र रिले अनशन गरिरहेका छन् । सहकारीपीडितले धर्ना सुरु भएको आइतबार १०१ दिन पुग्दा पनि राज्यले माग पूरा नगरेपछि प्रदर्शन गरेको बताएका छन् ।
ग्लोबलले सवारी कर्जा दिने
ग्लोबल आइएमई बैङ्क लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबिच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ ।
नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी
२०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी छ ।
काउन्टर साइक्लिक बफर अनुसार थप पुँजी कायम गर्नु नपर्ने
अब वाणिज्य बैङ्कहरूले अतिरिक्त पुँजीको व्यवस्था (काउन्टर साइक्लिक बफर) अनुसार थप पुँजी कायम गर्नु नपर्ने भएको छ । सो व्यवस्था बैङ्कलाई नियमन गर्ने नेपाल राष्ट्र बैङ्कले गरेको हो । आकस्मिक सङ्कटको प्रभावबाट सुरक्षित राख्न बैङ्कहरूले अतिरिक्त रूपमा जोहो गर्ने यही पुँजीको अंशलाई ‘काउन्टर साइक्लिक क्यापिटल बफर’ भनिन्छ । यस्तो बफर शून्य प्रतिशत कायम गरेको छ । राष्ट्र बैङ्कले ‘क’, ‘ख’, ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै चालु आर्थिक वर्षका लागि यस्तो बफर शून्य प्रतिशत कायम गरेको हो ।
जापानले नेपाललाई ४२ करोड रुपियाँ बराबरको छात्रवृत्ति अनुदान दिने
जापान सरकारले मानव संशोधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपियाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
दस अर्बको ऋणपत्र निष्कासन हुँदै
सरकारले १० अर्ब रुपियाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । बोलकबोलमार्फत ब्याजदर निर्धारण हुने गरी बुधबार उक्त ऋणपत्र निष्कासन गर्न लागिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ऋणपत्रको अवधि तीन वर्षको हुने छ । कार्यालयले ऋणपत्र खरिद गर्न इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आग्रह गरेको छ । खरिद गर्न इच्छुकले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागिता जनाउन सक्ने छन् ।
अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो
आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो
स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला
स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गर्न सूचना सार्वजनिक गरेको हो । उद्यमीले कर्जाका लागि २१ दिनसम्म प्रस्ताव पेस गर्नुपर्ने छ । परियोजनाको प्रस्ताव अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ । उद्यमीले परियोजना प्रस्ताव आइइडिआई डट ओराजी डट एनपीमार्फत भर्न सकिने छ ।
‘बैङ्किङ कसुरजन्य अपराधको अनुसन्धान, अभियोजन र कारबाहीका लागि नयाँ कानुन आवश्यक’
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन ‘बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० संसदमा दर्ता भएको बताउनुभएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नजिकिँदै गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजनाअन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनको लागि चाडपर्व विशेषमा गाडी कर्जा योजना ल्याएको छ ।
कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले बढ्यो, निक्षेप परिचालन तेह्र प्रतिशतले वृद्धि
गत आर्थिक वर्ष २०८०/८१ मा कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले बढेको छ । अघिल्लो आव उक्त कर्जा ८.८ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा वर्षमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी ३५.४ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी ४.६ प्रतिशतले बढेको थियो ।
बैङ्कहरूले घटाए निक्षेपको ब्याजदर
पछिल्ला महिना लगातार ब्याजदर घटाइरहेका वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैङ्कहरूले भदौ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर कायम गरेका हुन् । बैङ्कहरूले प्रकाशित गरेको ब्याजदर अनुसार औसतमा निक्षेपको ब्याजदर ०.१९ प्रतिशत विन्दुले घटेको छ । सञ्चालनमा रहेका १२ वटा बैङ्कले भदौका लागि ब्याजदर घटाएका छन् भने छ वटाले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै दुई बैङ्कले भने ब्याजदर बढाएका छन् ।
रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि
आर्थिक वर्ष २०८०/८१ मा साढे १४ खर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार असार मसान्तसम्म १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० को तुलनामा १६.५ प्रतिशतले बढी हो । आव २०७९/८० मा रेमिट्यान्स आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा भने सङ्कुचन आएको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाल्नुभयो कार्यभार
नेपालको सबैभन्दा ठुलो बैङ्क ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हाल्नुभएको छ ।
गाभिए आइएमई र जिएमई रेमिट
आइएमई र जिएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्र र आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको हो । मर्जरपछि बनेको आइएमईको चुक्ता पुँजी एक अर्ब नाघेको छ ।
स्टार्टअप उद्यम कर्जाबापत सत्र करोड वितरण
स्टार्टअप उद्यम कर्जाबापत १६५ परियोजनालाई १७ करोड रुपियाँ वितरण गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरिएको कार्यक्रमको हालसम्म १७ करोड रुपियाँ विनियोजन गरिएको औद्योगिक विकास प्रतिष्ठानले जनाएको छ । गत आवको बजेटमा स्टार्टअप उद्यम कर्जा वितरण गर्न २५ करोड रुपियाँ विनियोजन गरिएको थियो । स्टार्टअप उद्यममा छनोट भएका १८३ परियोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कर्जा वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले १६५ परियोजनलाई १७ करोड रुपियाँ वितरण गरिसकेको जानकारी दिनुभयो । साउनभित्रै छनोटमा परेको बाँकी परियोजनालाई स्टार्टअप उद्यमकर्जा वितरण गरिसक्ने उहाँले जानकारी दिनुभयो ।
सहकारीले विवरण नबुझाए कारबाही गरिने
झापाको दमकलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका सहकारी संस्थाहरूले बारम्बार पत्राचार गर्दा पनि विवरण पठाउन अटेर गरेपछि दमक नगरपालिकाले जरिवाना र कारबाही गर्ने चेतावनी दिएको छ ।