सहकारीसम्बन्धी संसदीय छानबिन समितिको अध्ययन जारी
सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ ।
एक व्यक्ति एक सहकारीमा मात्र सञ्चालक
अब एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने भएको छ । एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुनेले एउटामा मात्र रहने गरी अन्य संस्थाबाट सञ्चालक पद छाड्नुपर्ने भएको छ । सहकारी संस्थाको नियामक निकाय सङ्घीय सहकारी विभागले बुधबार एक सर्कुलर जारी गर्दै नयाँ व्यवस्था अनुसार नगर्ने सञ्चालकलाई कारबाही गर्ने जनाएको छ । विभागका अनुसार सहकारी बैङ्कको हकमा समेत यही नियम लागु हुने भएको छ ।
लघुवित्त संस्थाको सङ्ख्या घट्ने क्रम जारी
लघुवित्त संस्थाको सङ्ख्या घट्ने क्रम जारी रहेको छ । असार महिनाभित्र चार वटा लघुवित्त संस्था एकआपसमा गाभिएर दुई वटामा कायम हुने भएका छन् । समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गरेपश्चात् असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । अन्तिम स्वीकृति पाएसँगै ती दुवै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम
बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।
बैङ्कहरूका लागि अग्राधिकार सेयर जारी गर्ने बाटो खुला
पुँजी कोष दबाबमा रहेका कारण पुँजी कोष बढाउने विकल्प दिनुपर्ने माग गरिरहेका बैङ्कका लागि अग्राधिकार सेयर जारी गर्ने बाटो खुलेको छ । नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूका लागि विभिन्न सर्तसहित अग्राधिकार सेयर जारी गर्ने बाटो खोलिदिएको हो । नोक्सानी भएका बैङ्कलाई पनि ऋणपत्र जारी गर्न दिने, दायित्व नपर्ने तर पुँजीमा गणना गर्न पाइने सेयर जारी गर्न दिने सुविधा ल्याइएको हो ।
नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो ।
‘वित्त नीतिलाई सघाउने मौद्रिक नीति आवश्यक’
अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्ने, वित्त नीतिसँग सामञ्जस्यता हुने र आगामी आर्थिक वर्षका लागि सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउनुपर्नेमा विज्ञ तथा सरोकारवालाहरूले जोड दिनुभएको छ ।
मौद्रिक नीतिमा उद्योगी व्यवसायीका सुझावलाई सम्बोधन गर्छौँ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरूका सुझावलाई सम्बोधन गर्ने बताउनुभएको छ ।
दोस्रो नेशनल बैङ्किङ डिस्कोर्स आयोजना हुने
पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत दोस्रो नेशनल बैङ्किङ डिस्कोर्स २०२४ मा वक्ताका रूपमा सहभागी हुनुहुने भएको छ ।
समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिनुभएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्क पाँचखालमा
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैङ्कको शाखा कार्यालयको सङ्ख्या २८८ पुगेको छ । हाल बैङ्कको सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखारहित बैङ्किङ सेवा, ७१ वटा एक्स्टेन्सन काउन्टर, क्युआर कोड सेवा, पिओएस सेवा, इन्टरनेट बैङ्किङ, परिष्कृत रूपको मोबाइल बैङ्किङ (डिजिटल संसार) तथा बिनाइन्टरनेट चल्ने मोबाइल बैङ्किङका सेवासमेत सञ्चालनमा रहेका छन् ।
काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा विस्तार
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले बागमती प्रदेश काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ ।
विश्व बैङ्कको नेपाल निर्देशकमा सिस्लेन
विश्व बैङ्कले नेपालका लागि डेभिड सिस्लेनलाई राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । अमेरिकी नागरिक सिस्लेन यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरूका लागि विश्व बैङ्कका तर्फबाट सहरी व्यवस्थापन र विपत् जोखिम न्यूनीकरण व्यवस्थापकका रूपमा कार्यरत हुनुहुन्थ्यो । अब भने सिस्लेनले काठमाडौँस्थित विश्व बैङ्कको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नुहुने छ ।
समस्याग्रस्त सहकारीको दायित्व पैँतिस अर्बभन्दा बढी
हालसम्म समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाको ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार रुपियाँ बराबरको दायित्व यकिन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीका अनुसार समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचत माग दाबी गरिएको निवेदन अनुसार ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन भएको छ । सहकारीमन्त्री अधिकारीले एक सय दिनको उपलब्धि तथा प्रगति र आगामी दिनका कार्ययोजना सार्वजनिक गर्दै सहकारीका समस्यालाई तत्कालै सम्बोधन गर्न उच्चस्तरीय आयोग गठन गर्ने कार्यको प्रारम्भ भएको बताउनभयो । दुई वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व फरफारक गर्नका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको उहाँले बताउनुभयो ।
थुप्रिँदै विदेशी मुद्रा, दस महिनामै थपियो चार खर्ब
कुनै समय छ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा भने अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ । सञ्चिति खस्किएर टाट पल्टिएको श्रीलङ्कासँग तुलना हुने गरेको अवस्थाबाट नेपालको बाह्य अर्थतन्त्र सबैभन्दा बलियो स्थितिमा पुगेको राष्ट्र बैङ्कको पछिल्लो प्रतिवेदनले देखाएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कबाट स्टार्टअप उद्यम कर्जा
स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरिएका परियोजनालाई कर्जा लिनका लागि राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय तोकिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि सिफारिसमा परेका १८३ वटा परियोजनालाई कर्जा लिनका लागि सम्बन्धित जिल्लाको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय तोकिएको हो ।
प्राइम सहकारी ठगी प्रकरणः ६६ जनाविरुद्ध मुद्दा दायर
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपियाँ बिगो माग दाबीसहित ६६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो ।
वाणिज्य बैङ्कद्वारा एम्बुलेन्स प्रदान
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नेपाल प्रहरी अस्पताललाई दुई/दुई वटा एम्बुलेन्स र शववाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले एम्बुलेन्स र शववाहनको चाबी हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वारस व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता
विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ ।
ठूला आयोजनाको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताउनुभएको छ ।
नेपाल बैंक शैक्षिक छात्रवृत्ति स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
नेपाल प्रहरी र नेपाल बैंक लिमिटेडबिच ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ ।
ग्लोबल आइएमई र त्रिवेणी मोटोकर्पबिच समझदारी
ग्लोबल आइएमई बैङ्क लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा बैङ्कका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ महाप्रबन्धक अर्नुजकुमार गोयलले हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारी अनुसार बैङ्कले त्रिवेणी मोटोकर्प प्रालि तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने विद्युतीय सवारीसाधन खरिदका लागि सर्वसुलभ ब्याजदरमा छिटोछरितो र सहज कर्जा प्रवाह गर्ने छ ।
बैङ्कलाई व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले बैङ्किङ क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताउनुभएको छ ।