आयात खुकुलो बनाउन एलसीको सीमा बढाइयो
विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू गरेको हो ।
उच्च नाफा कमाउने बैङ्कमा नबिल र एनआइसी एसिया
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नबिल बैङ्क लिमिटेड सबैभन्दा बढी नाफा कमाउने बैङ्कका रूपमा रहेको छ । बैङ्कले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार हाल सञ्चालनमा रहेका बैङ्कहरूमध्ये नबिल बैङ्क अगाडि रहेको छ । बैङ्कले गत आवको असार मसान्तसम्ममा सात अर्ब ५२ करोड ७१ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा बैङ्कले चार अर्ब २५ करोड ६० लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।
बैङ्क ब्याजदरको तुलना अब हाम्रो पात्रोमा
नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले बैङ्क ब्याजदर तुलना गर्न सकिने फिचर ल्याएको छ । एपमा सोमबारदेखि बैङ्क रेट नामक नयाँ फिचर थपिएको हो ।
बलियो बन्दै नेपाल बैङ्क
नेपाल बैङ्क लिमिटेडले आफ्नो नाफाको दरलाई बढाउँदै लगेको छ । व्यवस्थापकीय कमजोरी तथा खराब कर्जाका कारण समस्यामा पर्दै आएको सो बैङ्क अहिले वित्तीय तथा अन्य हिसाबले बलियो बन्दै गएको छ । बैङ्कले आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ४१ करोड १५ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १६.७० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैङ्कले दुई अर्ब ९२ करोड ३२ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
पारदर्शिता सुनिश्चितता गर्न एकाउन्टिङ र अडिटिङको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले एकाउन्टिङ र अडिटिङ सुशासनसँग जोडिएको बताउनुभएको छ ।
बिजुलीबजारमा सहकारी पीडितद्वारा आन्दोलन (फोटो फिचर)
सहकारी पीडितहरूले काठमाडौँको बिजुलीबजारमा आन्दोलन गरेका छन् ।
एनआइएमबीको चार अर्बको ऋणपत्र
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले चार अर्ब चार करोड रुपियाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘एनआईएमबी डिभेन्चर २०९०’ ल्याउन लागेको हो । बैङ्कले सर्वसाधारणका लागि १६ लाख १६ हजार कित्ता ऋणपत्र बिक्री गर्ने तथा बाँकी रहेको २४ लाख २४ हजार कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने बैङ्कले जनाएको छ ।
हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताउनुभएको छ।
कुल गार्हस्थ उत्पादनमा गण्डकीको हिस्सा पाँच खर्ब
कुल गार्हस्थ उत्पादनमा गण्डकी प्रदेशको हिस्सा चार खर्ब ८२ अर्ब रहेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाबारे एक सर्वेक्षणका अनुसार समग्र नेपालको कुल गार्हस्थ उत्पादन ५३ खर्ब ८१ अर्ब रहेकामा गण्डकी प्रदेशको हिस्सा चार खर्ब ८२ अर्ब रहेको देखिएको हो । सर्वेक्षणका अनुसार आर्थिक वृद्धिदर ३.२६ रहेको छ भने प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (अमेरिकी डलरमा १४९२) रहेको छ ।