लेखा सुपरिवेक्षण गोष्ठी हुँदै
आगामी असोज अन्तिम साता लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आयोजना हुने भएको छ । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी, लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मूल नाराका साथ असोज २५ र २६ गते काठमाडौँमा गोष्ठी आयोजना हुन लागेको हो ।
बैंकका सिइओलाई अर्थमन्त्रीको प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो र, कर्जाको माग किन बढेन
अर्थमन्त्री महतले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० हरूलाई अर्थमन्त्रालयमा छलफलका लागि बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुका कारणबारे जानकारी लिनुभएको हो ।
एक सय ५५ सहकारी एकीकरण
गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कसँग सम्झौता
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र जाजरकोटको नलगाड नगरपालिकाबिच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले हस्ताक्षर गर्नुभएको छ ।
सहकारी कि साहुकारी
दुवै आँखाले देख्न नसक्ने शेरबहादुर साउदलाई एक वर्षदेखि निद्रा लाग्न छाडेको छ । भक्तपुरको सानो ठिमीमा बस्दै आउनुभएका साउदको भक्तपुरमै रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा रहेको डेढ लाख डुबेपछि उहाँको निद्रा हराएको हो । अपाङ्गता भएकी श्रीमतीले तयार गरेको अगरबत्ती शेरबहादुर दिनभर सहर डुलेर बिक्री गर्नुहुन्छ । यसरी कमाएको रकम बचत गरेको सहकारी नै फरार भएको गुनासो गर्दै उहाँ भन्नुहुन्छ, “भन्नुस् अब कसरी निद्रा लाग्छ ।”
ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क
सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्रको बोलकबोल साउन २८ र निष्कासन साउन २९ गते हुने राष्ट्र बैङ्कले जनाएको छ । आठ वर्ष अवधिको विकास ऋणपत्र साउन २९ गते निष्कासन मिति तोकिएको छ भने यसको परिपक्व हुने अवधि २०८८ साल साउन २९ गते हुने छ । राष्ट्र बैङ्कले जारी गर्ने उक्त विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । ऋणपत्रको ब्याजदर (कुपनरेट) बोल कबोलबाट निर्धारण हुने बताइएको छ ।
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आइतबार आठ वर्ष अवधिको रू १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो ।
ग्लोबल आइएमईको नाफा सात अर्ब
ग्लोबल आइएमई बैङ्क लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा सात अर्ब २५ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । सञ्चालनमा रहेका वाणिज्य बैङ्कहरूमा नाफामा दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैङ्कले आर्जन गरेको नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढेको छ । बैङ्कले अघिल्लो आवमा चार अर्ब ९५ करोड रुपियाँ खुदा नाफा आर्जन गरेको थियो ।
सहकारी गोएमएल प्रणालीमा आबद्ध हुनुपर्ने
अब १० करोड रुपियाँभन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीले एकीकृत सूचना प्रणाली (गोएमएल) मा आबद्ध हुनुपर्ने भएको छ । गोएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्न सहकारीहरूले अटेरी गरेपछि सङ्घीय सहकारी विभागले पुनः निर्देशन गरेको हो । अघिल्लो सर्कुलरलाई अटेर गरेपछि विभागले दोस्रो पटक गोएमएल सिस्टम आबद्ध भई रिपोर्टिङ गर्न सहकारी सङ्घ तथा संस्थालाई निर्देशन जारी गरेको हो ।