तस्बिरमा खोकनावासीको दिनचर्या
काठमाडौंबाट करिब ५ किलोमिटर दूरीमा रहेको ललितपुर जिल्लाको खोकना गाउँको रहनसहन छुट्टै छ ।
सिँचाइको डिप ट्युबवेल प्रयोगविहीन
धनुषाको बटेश्वर गाउँपालिकामा सिँचाइका लागि गाडिएका डिप ट्युबवेल प्रयोगविहीन भएका छन् । जमिन मुनिको पानी तानेर किसानको खेतबारीमा सिँचाइ सुविधा पुर्याउने भनेर तीन वर्षअघि गाडिएको १७ वटा डिप ट्युबवेल प्रयोगविहीन भएका हुन् ।
बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो जमिनमा गाजा खेती गर्ने विकल्पमा पनि सोच्नुपर्ने धारणा राख्नुभएको छ ।
खाद्य कम्पनीले पाएन लक्ष्यअनुसारको धान
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले लक्ष्यअनुसार धान खरिद गर्न असफल भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यको करिब २० प्रतिशत मात्रै धान खरिद गर्न सकेको हो ।
चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिनुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्नुहुँदै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
थारु समुदाय उत्थान विशेष कार्यक्रम सञ्चालन
थारु समुदायलाई लक्ष्य गरी कृषि ज्ञान केन्द्रले अनुदानका विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘थारु समुदाय उत्थान विशेष कार्यक्रम’ अन्तर्गत उक्त केन्द्रले बसन्ते मकैखेती प्रवर्द्धन र बसन्ते तरकारीखेती सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।
दूध किसानका समस्या समाधान गर्न पालिकासँग माग
इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको गुनासो गरेका छन् । गाउँपालिकाले आयोजना गरेको ‘किसानका समस्या र समाधानका उपाय’ विषयक छलफलमा किसानले पछिल्लो समय जटिलरूपमा देखिएको दूध बिक्री नहुने समस्या समाधान गरिदिन पालिकासँग माग गरेका छन् ।
खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात
दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ ।
ओखलढुङ्गामा चार करोडको सुन्तला उत्पादन
ओखलढुङ्गामा यस वर्ष करिब चार करोड बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला खेती हुने जिल्लाको दुई सय ६७ हेक्टर क्षेत्रफलबाट करिब चार करोड सुन्तला उत्पादन भएको हो ।