• २८ असोज २०८१, सोमबार

धान पाकेर फाँट भयो पहेँलपुर

blog

धान पाकेर पहेँलो बनेको पाल्पाको माडीफाँट । तस्बिरहरूः रेखीराम राना

रेखीराम राना

तानसेन, असोज २८ गते । धान पाकेर पाल्पाका फाँटहरू पहेँल्यै बनेको छ । चार महिनाअघि किसानले रोपेका धान पाकेर फाँट तथा गह्रा पहेँलपुर बनेका हुन् । 

जिल्लाको माडीफाँट, रामपुर फाँच, अर्गलीफाँट, कचलफाँट, पूर्वखोला, झडेवा फाँट धान पाकेर पहेँलो बनेको हो । बडादसैँ सकिएलगत्तै धान काट्न खेतमा जाने तयारीमा किसानहरु रहेका छन् । धान पाल्पाको प्रमुख बाली मानिन्छ ।