गोबरसँगै खेल्ने कृषक भन्नुहुन्छ, ‘वर्षमा एक करोडको दुध बेच्छु’
पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई बागलुङका कृष्णप्रसाद पौडेलले गलत साबित गर्नुभएको छ । पौडेल व्यावसायिक पशुपालनबाट वार्षिक एक करोड रुपियाँभन्दा बढीको दुध बिक्री गर्नुहुन्छ ।
जौबारीमा मेसीनबाट रोपिदै आलु
इलामको जौबारीमा पहिलो पटक मेसीनबाट आलु रोपाइ सुरु गरिएको छ । कृषि अनुसन्धान केन्द्र जौबारीले दुईवटा मेसिन खरिद गरी आलु रोप्न थालेको हो ।
पशुपन्छी अनुसन्धानका लागि आइएलआरआइसँग सम्झौता
कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ ।
खडेरीले सुक्न थाले हिउँदे बाली
लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका कारण जिल्लाका अधिकांश ठाउँमा कात्तिकदेखि मङ्सिरमा छरेको गहुँ र जौ बाली अहिलेसम्म उम्रिन सकेको छैन ।
कृषि अनुसन्धान केन्द्रमा आलु रोप्ने मेसिन
इलामको जौबारीमा पहिलो पटक मेसिनबाट आलु रोपाई सुरु गरिएको छ । कृषि अनुसन्धान केन्द्र जौबारीले दुई वटा मेसिन खरिद गरी आलु रोप्न सुरु गरेको हो ।
भैँसीपालनबाट मनग्य आम्दानी
दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्याैली पेसा भैंसीपालन हो । उहाँले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएको छ । उहाँले यसैकोआम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आउनुभएको छ ।
कृषि तथा पशु मेला प्रदर्शनी : ४३ किसान पुरस्कृत
कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
सल्यानी सिस्नोको बजार नेपालगन्जमा
नेपालगन्जका एक युवाले सल्यानमा उत्पादन गरिएको सिस्नो नेपालगञ्ज ल्याएर बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ ।
देशैभरि जान्छ चितवनको तोरीको तेल
तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ ।