• १२ कात्तिक २०८१, सोमबार

धानले पहेँलपुर फाँट

blog

म्याग्दीका विभिन्न ठाउँका धानले पहेँलपुर फाँटहरु । तस्बिर : साधन घर्ती

साधन घर्ती
म्याग्दी (दरबाङ), कात्तिक १२ गते ।
यतिखेर म्याग्दीका फाँटहरु धानबालीले पहेँलपुर भएका छन् । दसैँ लगत्तै कतिपय ठाउँहरूमा किसानले धान काट्न सुरु गरेका छन् भने कतिपय ठाउँमा अझै धान पाक्दै छ । पाकेको धान काट्न र भित्र्याउन किसानलाई भ्याईनभ्याई छ ।

अहिले अधिकांशका खेतमा धान पाकिसकेको र काट्न सुरु भइसकेको म्याग्दीको मालिका गाउँपालिका–४, का गोकुल घर्ती मगरले बताउनुभयो  । धानका जात अनुसार कुनै छिटो पाक्ने गरेका छन् भने कतिपय फाँटमा अहिले धान हरियो पनि देख्न सकिन्छ ।


धान काट्ने र स्यार गर्न हतारिएका किसानहरू प्रविधिलाई समेत पछ्याउँदै गएका छन् । जिल्लामा करिब तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे –३ लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिएको छ ।