जुम्लामा रोपाइँसँगै चोपाइको रौनक
सिंजा उपत्यका अर्थात् खस सभ्यताको आदिभूमि । नेपाली भाषा, साहित्य र परम्पराको आदिभूमि । चारै तिरको अक्करै भिरको बाटो पार गरेर जुम्ला पुग्नेलाई जुम्ला आफैँमा सुन्दर उपहार हो ।
सुन्तला बगैँचामा औँसा किराको प्रकोप
गुल्मीका किसानको सुन्तला बगैँचामा औँसा किराको प्रकोप देखिएको छ । आफूहरूले लगाएको सुन्तला बगैँचामा औँसा किराको प्रकोप देखा परेपछि भाडगाउँका किसान चिन्तित बनेका छन् ।
निगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त
तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त छन् ।
स्मार्ट कृषि भिलेजले दिएको ज्ञानले आत्मनिर्भर बनेका किसान
आर्थिक वर्ष २०७५/०७६ तिर बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ लाई लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि भिलेज कार्यक्रम सञ्चालन गर्नका लागि स्थान छनोट गर्यो ।
बाली उपचार शिविर सञ्चालनका लागि कार्यविधि
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाली उपचार शिविर सञ्चालनका लागि नीतिगत व्यवस्था गरेको छ । कृषि मन्त्रालयले त्यसका लागि बाली उपचार शिविर कार्यक्रम सञ्चालन कार्यविधि २०८१ कार्यान्वयनमा ल्याएको छ । कृषकको बालीनालीमा लाग्ने रोग तथा शत्रुजीव व्यवस्थापनको सही पहिचान गरी फिल्डमै उपयुक्त प्रविधि सिफारिस गर्न शिविर सञ्चालनको व्यवस्था गरेको हो । बाली उत्पादनमा हुने क्षति न्यूनीकरण तथा उत्पादन लागत कम गराउने, बाली उपचार शिविरमा प्राप्त नमुनाहरू र त्यसको निदानको अभलेखीकरण गर्न शिविरको आवश्यकता परेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो ।
मेसिन खरिदमा उद्यमीलाई अनुदान
लघु, घरेलु तथा साना उद्यमीलाई मेसिन खरिद गर्न ५० देखि ९० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको सो कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको लुघ, घरेलु तथा साना उद्योग प्रवर्धन तथा प्रविधि हस्तान्तरण कार्यविधि २०८० हालै मन्त्रीपरिषद्मा पारित भई कार्यान्वयनमा आएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको वार्षिक बजेट तथा कार्यक्रममा उल्लिखित उद्यम प्रवर्धन, सिप विकास र प्रविधि सहयोग, प्रविधि हस्तान्तरण, बिउ पुँजीमा सहयोग तथा औद्यौगिक प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले मेसिन खरिदमा अनुदानको व्यवस्था गरिएको हो ।
हाते ट्र्याक्टर छोडेर गोरु पाल्दै किसान
सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले ।
किसानलाई मकै थन्क्याउने चटारो
अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई मकै भाच्न भ्याइनभ्याइ हुन थालेको छ ।वैशाख सकिएसँगै मकै भाच्न सुरु गरेका किसान हरुलाई पाकेको अगौटे मकै भित्र्याउन चटारो परेको छ ।
बिउ उत्पादन तथा प्रविधिका बारेमा किसानलाई तालिम
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले तरकारी बालीको बिउ उत्पादन तथा वर्णशङ्कर प्रविधिसम्बन्धी किसानलाई तालिम दिइरहेको छ । नार्क अन्तर्गतको राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रले किसानलाई अवासीय तालिम दिइरहेको छ । सात दिनसम्म चल्ने सो तालिम नार्कको खुमलटारस्थित राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको सभा हलमा दिइरहेको छ । जेठ १६ गतेदेखि सुरु भएको तालिमको उद्घाटन नार्कका कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले गर्नुभएको थियो ।
दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह
कृषि, पशुपन्क्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताउनुभएको छ ।
ओखलढुङ्गाका किसानलाई चौरी
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका चौरी पालक किसानलाई चौरी हस्तान्तरण गरिएको छ । चौरी पालन गर्ने ११ जना कृषकलाई ९५ वटा चौरी हस्तान्तरण गरिएको हो ।
मुसहरनियाका किसानलाई धानको बीउ वितरण
उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्क उन्नत जातको धानको बीउ वितरण गरेको छ ।
दुई सय १० कृषकलाई मिनिटिलर वितरण
सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका दुई सय १० कृषकलाई मिनिटिलर वितरण गरेको छ ।
गुल्मीमा ड्रागन खेतीमा आकर्षण
गुल्मीमा ड्रागन खेतीमा आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणको रूपमा ड्रागन खेती सुरु गरेका यस जिल्लाका केही किसानहरूले अहिले व्यावसायिक रूपमा ड्रागन खेती गर्न थालेका छन् ।
किवी खेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी
शैलुङ गाउँपालिका ३ बिरौटाका हरि बहादुर कार्की किवी खेती सुरु गर्नुभएको पाँच वर्ष भयो । काठमाडौँमा होटल रेस्टुरेन्ट लगायत अरू व्यवसाय गर्दै आउनुभएका उहाँ अरू जिल्लामा किवी खेती गरेको देखेपछि उहाँलाई किवी खेती गर्न तर्फ आकर्षण बढेको थियो ।
कटहरिमा मिनी शीतभण्डार स्थापना
मोरङको कटहरि–१ मा १५ मेट्रिक टन क्षमताको मिनी शीत भण्डार निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि परियोजनाको ८० प्रतिशत अनुदान र गाउँपालिकाको २० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताउनुभयो ।
आधुनिकीकरण गर्न किसानलाई हाते ट्याक्टर वितरण
म्याग्दीको रघुगंगा गाउँपालिकाले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न किसानलाई कृषि उपकरण वितरण गरेको छ ।
चौबिसौँ विश्व दुध दिवस किसानले पाएनन् भुक्तानी
विश्वले दुध दिवस मनाइरहेका बेला नेपालका दुध किसानले साढे तीन अर्ब रुपियाँ बक्यौता रकम भुक्तानी पाएका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार दुध किसानलाई तीन अर्ब ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
किसानलाई मिनिटिलर प्रदान
सुनकोशी गाउँपालिकाको ५० प्रतिशत अनुदानमा दुई सय १० जना कृषकलाई मिनिटिलर (हाते ट्याक्टर) उपलब्ध गराएको छ ।
सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख अनुदान उपलब्ध गराएको हो ।
तरकारी खेतीबाट वार्षिक ५० लाख कमाउँदै ‘बक्सिङ’ प्रशिक्षक थापा
दाङ तुलसीपुर उपमहानगरपालिका-१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गर्नुभएको छ । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय तरकारी खेतीलाई दिने गरेको उहाँ बताउनुहुन्छ ।
अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु
नेपालमा कुखुरा पालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिहरूको प्रयोग भित्र्याउन सहयोग पुर्याउने उद्देश्यले भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ ।
ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’
सुर्खेतको गुर्भाकोट नगरपालिका –१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ । ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रुपमा करिब एक विगाहामा ड्रागन खेती गर्दै आउनुभएको छ ।
गलकोटमा रोपाइँको चटारो
देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ ।