• १२ पुस २०८१, शुक्रबार

किसानलाई ५० प्रतिशत गहुँ अनुदान

blog

गहुँ । फाइल तस्बिर

गणेश खनाल
अर्घाखाँची, कात्तिक १९ गते ।
 सन्धिखर्क नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँ वितरण गरेको छ । किसानलाई एक सय २० क्विन्टल उन्नत जातको गहुँको बीउ वितरण गरेको हो ।

कृषि समूह सहकारी र व्यक्तिगत फर्मको निवेदनका आधारमा दुई सय ८५ जना किसानलाई ९० क्विन्टल ‘गौतम’ र ३० क्विन्टल ‘स्वर्गद्वारी’ नामको गहुँको बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभयो ।

व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानलाई अनुदानमा गहुँको बीउ वितरण भएपछि यो वर्ष गहुँ उत्पादन बढ्ने आङ्कलन गरिएको छ । कृषिमा उत्पादन बढाउने हिसाबले नीति तथा कार्यक्रममा समावेश गरी योजना बनाइएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।