• १२ पुस २०८१, शुक्रबार

पाडी–बाच्छी हुर्काउने किसानलाई दश हजार पुरस्कार

blog

व्यास नगरपालिका–११ पोल्याङमा हुर्किदै गरको पाडो।तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १४ गते। तनहुँमा पाडापाडी र बाच्छाबाच्छी हुर्काउने किसानलाई दश हजार पुरस्कारको व्यवस्था गरिएको छ।भारतबाट उन्नत जातका भैँसी तथा गाईको ठुलो सङ्ख्यामा हुने आयात घटाउन पुरस्कारको व्यवस्था गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

केन्द्रका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा किसानलाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गरिएको हो।कृत्रिम गर्भाधानको माध्यमबाट नस्ल सुधार गरी जन्मिएकालाई  व्यवस्था गरिएको छ।भैँसीमा मुर्रा र गाईमा होलस्टेन, जर्सीलगायतका उन्नत जातका पाडापाडी र बाच्छाबाच्छी गरी छ सय वटालाई हुर्काउन अनुदानका लागि चालु आर्थिक वर्षमा ६० लाख विनियोजन गरिएको केन्द्रका प्रमुख डा. राजेशकुमार चौधरीले बताउनुभयो।

चौधरी उन्नत जातका भैँसी तथा गाई भारतबाट ठुलो सङ्ख्याबाट आयात हुने भएकाले त्यसलाई प्रतिस्थापनमा मद्दत पुर्‍याउने उद्देश्यले प्रोत्साहन रकमको व्यवस्था गरिएको बताउनुहुन्छ।

कृत्रिम गर्भाधान उन्नत जातको नस्ल मात्रै गरिने भएकाले त्यसको मात्रै अनुदानको व्यवस्था गरिएको चौधरीले बताउनुभयो।चौधरीले भन्नुभयो, “दुध तथा मासुमा आत्मनिर्भर बनाउन र भैँसी तथा उन्नत गाई भारतबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश सरकारले कार्यक्रम ल्याएको हो ।” 

केन्द्र गत वर्ष पाडाबाच्छी हुर्काउने तीन सय २७ किसाने छ सय चार हुर्काए बापत ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले बताउनुभयो।प्रति पाडाबाच्छी १० हजारका दरले किसानलाई अनुदान दिइएको हो। 

जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि किसानले अनुदान पाउने व्यवस्था गरिएको छ।नेपालमा अभाव हुने गरेकाले मुर्रा भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ।

केन्द्रका अनुसार गत वर्ष  व्यास नगरपालिकाका एक सय सात कृषकका दुई सय आठ, शुक्लागण्डकी नगरपालिकाका तीन किसानका आठ, भानु नगरपालिकाका २८ किसानका ४५, आँबुखैरेनी गाउँपालिकाका ५० किसानका ८४, बन्दीपुर गाउँपालिकाका एक सय पाँच किसानका दुई सय २१, म्याग्दे गाउँपालिकाका २१ किसानका २५, ऋषिङ गाउँपालिकाका एक किसानका एक र देवघाट गाउँपालिकाका १२ किसानका १२ पाडाबाच्छीलाई प्रोत्साहन स्वरूप अनुदान दिइएको थियो।किसानलाई पाडी बाच्छी हुर्काउन भन्दा मारेर दूध बिक्री गर्दा फाइदा हुने भएपछि अभाव भएकोले प्रोत्साहन रकम उपलब्ध गराउन कार्यक्रम ल्याइएको हो ।