• ३० असोज २०८१, बुधबार

धान पाकेर पहेँलै

blog

धान पाकेर पहेँलै भएको गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १, अग्लुङ्गका खेत । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, असोज २९ गते । 
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १, अग्लुङ्गका खेतमा रोपेको धान पाकेर पहेँलै भएको छ । गत असार महिनामा रोपेको धान पाकेर पहेँलै भएपछि अग्लुङ्गसँगै समग्र जिल्लाका किसानहरू हर्षित भएका छन् ।

यस जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्वेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाको लिम्घा, अस्लेवा, जोहाङ्गखैरेनी, साहाघाट, च्यामीफाँट, चन्द्रकोट गाउँपालिकाको मजुवा, रुपाकोट, शान्तिपुर, मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौँडा, भुवाचिदि, वामीटक्सार, पौदी अरेवा, भर्माचौर लगायत बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, शिलादी, अर्जेबेंसीमा धान सह्यार्ने तयारी भइरहेको छ ।


त्यस्तै, मदाने गाउँपालिकाको सिर्सेनीको सिम, अग्लुङ्गफेदी, भनभनेको तल्लो क्षेत्र, धुर्कोट गाउँपालिकाको पनाहा खोला र छल्दीको आसपासका क्षेत्र, इस्मा गाउँपालिकाको चौरासीफाँट, हुलाके, हस्तिचौर लगायत छल्दी र निस्ती, गुल्मीदरबार गाउँपालिकाको गरमटारी, खर्जेङ, घोडाहाफाँट, टारी फाँट, छत्रकोट गाउँपालिकाको खर्जेङ, मनबाग, अँगा, उल्लिखोला, बोआ फाँट र रुरुक्षेत्र गाउँपालिकाको टाहाटिम, घिउबेंसी, छम्दीमा धान सह्यार्ने तयारी भइरहेको छ ।

धान रोपिएका यहाँका विभिन्न फाँट तथा खेतमा अहिले धान पाकेर पहेँलै देखिएका छन् । यहाँका धान रोप्ने फाँट तथा खेतहरूमा स्थानीय हंसराज, आपझोते, झाप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी जातका धान रोपिएको छ । उन्नत जातका सावाँ मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली जातका धान रोपिएको हो ।