पछिल्लो समय पोखरामा भारतीय पर्यटकको सङ्ख्या बाक्लो हुन थालेपछि चहलपहल बढेको छ । दुई वर्ष कोभिड–१९ ले थला परेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कन खोजिरहेको पर्यटन व्यवसायीको अनुभव छ ।
पश्चिमा शैली बनेको हिन्दी चलचित्र हो, ‘थार’ । यसले गब्बर सिंह अभिनीत चलचित्र ‘शोले’को झल्को गराउँछ । निर्देशक राजसिंह चौधरीले एउटा समान्य कथालाई बिल्कुलै नयाँ ढङ्गबाट प्रस्तुत गरेका छन् । उनको निर्देशकीय पक्षले दर्शक चलचित्रबाट धेरै नै सन्तुष्ट हुन्छन् । यस चलचित्रको मुख्य पात्र भनेकै यसमा खिचिएको लोकेसन हो । यद्यपि चलचित्रलाई विभिन्न रमणीय ठाउँमा खिचिएको छ जसले चलचित्रका कलाकारहरूको भूमिकालाई पनि बिर्साइदिन्छ ।
सल्यान जिल्लाको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले 'क्लिन स्वीप' गरेको छ । अध्यक्ष, उपाध्यक्ष र छ वटै वडा जितेर माओवादीले दार्मामा जित दर्ता गर्दै पहिलो पटक क्लिन स्वीपको इतिहास रच्न सफल भएको हो ।
चालू आर्थिक वर्षको दस महिना पूरा हुँदासम्म बजेट खर्चमा खासै सुधार देखिएको छैन । चालू आर्थिक वर्षको दुई महिना मात्रै बाँकी रहेको अवस्थामा बजेट भने करिब ४५ प्रतिशत बाँकी छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाखसम्म कुल विनियोजनको ५५.६६ प्रतिशत मात्र बजेट खर्च भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भएको खर्चभन्दा थोरै कम हो । गत आर्थिक वर्षको वैशाखको अन्त्यसम्मको बजेट खर्च ५६ प्रतिशत थियो ।
रौतहटको ६ वटा नगरपालिकामा बुधबार मतदान सुरु भएको छ । वैशाख ३० गतेको निर्वाचनमा उत्पन्न विवाद, मतपेटिकामा आगजनी तथा लुटपाटको घटनाले स्थगन भएको निर्वाचन आज पुनः सुरु भएको हो ।
निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘के घर के डेरा’को छायाङ्कन सुरु भएको छ । चलचित्रको पहिलो दिन गीत सुटिङबाट छायाङ्कन सुरु भएको हो । चलचित्रको पूरै छायाङ्कन काठमाडौँ उपत्यकामै गरिने निर्देशक खनालले जानकारी दिनुभयो ।
गत शुक्रबार सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । उम्मेदवारहरू धेरै भएका स्थानमा मतगणनाको परिणाम आउन समय लागेको पाइएको छ । बागमती प्रदेशका विभिन्न जिल्लाबाट प्राप्त मत परिणामअनुसार सत्तारूढ गठबन्धनले अग्रता लिएको छ भने दोस्रो स्थानमा नेकपा (एमाले) रहेको छ ।
बागलुङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।
रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज ढकाल विजयी हुनुभएको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये मतगणना सकिएर विजय घोषणा भएको यो पहिलो पालिका हो ।
हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ठान बहादुुर रोकाया निर्वाचित हुनु भएको छ । उहाँ गठबन्धन दलका तर्फबाट निर्वाचित हुनु भएको हो ।
आगामी आर्थिक वर्षको बजेटलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित गरिने भएको छ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन मङ्गलबार अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता संसद्को दुवै सदनमा छुट्टाछुट्टै पेस गर्नुहुँदै आगामी बजेटलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित गरिने जानकारी दिनुभएको हो ।
काठमाडौं महानगरपालिका वडा नं. ३ र ५ मा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ ।
व्यास नगरपालिका वडा नं. ८ को २ वटा मतदान केन्द्रमा बुधबार पुनः मतदान सुरु भएको छ । निर्वाचन आयोगको शनिबार भएको निर्णयानुसार शुक्रबार भएको मतदानलाई रद्धगरी पुनः मतदान गर्नु भनी निर्देशन भई आएकोेले बुधबार पुन: मतदान भएको हो ।
यस वर्षको वसन्त ऋतुमा जारी पर्वतारोहणतर्फ मङ्गलबारसम्म झन्डै ४८० जनाले सगरमाथाको आरोहण गरेका छन् । आरोहणका लागि यस वर्षको सुरुवाती मौसमले साथ दिएका कारण यतिको सङ्ख्याका आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ । अहिलेकै जस्तो मौसमले साथ दिए अबको एक हप्ताभित्र यो सिजनको आरोहण सकिनेसमेत विभागको अनुमान छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्स कम्पनीको नाफा आर्जन झन्डै ४० प्रतिशतले खुम्चिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १५ वटा फाइनान्स कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरणअनुसार अघिल्लो वर्षको सोही वर्षको तुलनामा नाफा खुम्चिएको हो ।