रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका पुष्प वादी र ईश्वरी शर्मा वि.एम.ले जित हाँसिल गर्नुभएको हो । निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका अनुसार पुष्प वादीले ६ हजार ८८२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमबहादुर ओलीले ६ हजार ३११ मत प्राप्त गर्नुभएको छ । यस्तै जनता समाजवादी पार्टीका प्रशाराम खत्रीले १७ र राप्रपाका उम्मेदवारले ८ मत ल्याउनुभएको छ ।
अछाम सदरमुकास्थित मङ्गलसेन नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखको पदमा दोहोरिएका बोहराले ७३५ को मतान्तरमा विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत नारायण पौडेलले जानकारी दिनुभयो ।
मध्यनेपाल नगरपालिकाको प्रमुखमा निर्वाचित प्रमुख रमेशकुमार पाण्डे र उपप्रमुखमा निर्वाचित सीता गुरुङ
काठमाडौं बुढानीलकण्ठ नगरप्रमुखमा नेकपा (एमाले) का मिठाराम अधिकारी विजयी हुनुभएको छ । अधिकारीले १४ हजार २५० मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत प्राप्त गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी)का सांसद एवम् सम्मानित नेता झलनाथ खनालले मुलुकका कुनै पनि अर्थमन्त्रीले संविधानको भाग ४ नपढेको आरोप लगाउनुभएको छ ।
बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा कर्णबहादुर थापा र उपमेयरमा कमला न्यौपाने विजयी हुनु भएको हो ।
जिल्लाको आठबिसकोट नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले विजय हाँसिल गरेका छन् । नगर प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका रवि केसी र धनकुमारी शाही निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आठबिसकोटले जनाएको छ । प्रमुखमा रविले सात हजार ३७९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्रकुमार बटालाले ६ हजार ६१५ मत प्राप्त गर्नुभएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० को विजय जुलुसको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । नेकपा एमालेको विजयी जुलुसको गाडी सिद्धार्थनगर १० को शंकरपुरमा दुर्घटनामा परेको हो । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।
नइ प्रकाशनले १५ वर्ष ननाघेका आठजना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने जनाएको छ । नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
महोत्तरी जिल्लामा रहेको १५ पालिकाहरुको मतगणनाको परिणामहरु आउन थालेको छ । बुधबार जिल्लाको तीन पालिकाको परिणाम सार्वजनिक भएको छ । जसमा रामगोपालपुर, मनरासिश्वा नगरपालिका र महोत्तरी गाउँपालिका रहेका छन् ।
सुनसरीको १२ स्थानीय तह मध्ये देवानगञ्ज गाउँपालिकामा जनता समाजवादी पार्टीबाट अध्यक्षका उम्मेदवार बेचन प्रसाद मेहता र उपाध्यक्षमा नेपाली काँग्रंसका उम्मेदवार कुमारी विभा यादव विजयी हुनुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उम्मेदवार मेहताले ६ हजार ८७४ मत ल्याएर विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेसकी कुमारी विभा यादवले ६ हजार ११२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
काठमाडौं, जेठ ४ गते । 'छिन्नलता प्रतिभा पुरस्कार २०७९' गायिका अस्मिता अधिकारीलाई प्रदान गरिने भएको छ । गुठीले हरेक वर्ष गायक/गायिकालाई सम्मान गर्दै छिन्नलता गीत पुरस्कार प्रदान गर्दै आएको छ । यो वर्षको प्रतिभा पुरस्कार अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो । अधिकारीले आफूले छिन्नलता प्रतिभा पुरस्कार पाउन लाग्दा खुसी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।'छिन्नलता पुरस्कार! ओहो! छिन्नलता प्रतिभा पुरस्कारमार्फत सम्मानित हुन लागेको थाहा पाउँदा एकछिन त कस्तो अवाक नै भएँ । नेपाली सङ्गीत जगतको यति ठूलो सम्मान मेरो लागि गीत सङ्गीत क्षेत्रमा अझै अगाडि बढ्न ठूलो प्रेरणा हुनेछ । यो खुसीको अवसरमा आज सम्मको यात्रामा साथ सहयोग दिने हजुरहरू सम्पूर्णमा मनैदेखि आभार तथा कृतज्ञता प्रकट गर्न चाहन्छु,' उहाँले फेसबुकमा लेख्नुभएको छ ।
काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ चार हजार ४८५ मत ल्याएर विजयी हुनु भएको हो । उहाँले नेकपा एमालेका उम्मेदवार शेखर लामालाई एक हजार ३२९ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले तीन हजार १५६ मत ल्याउनु भएको हो ।
मेलम्ची नगरपालिकाको प्रमुखमा काँगे्रसका आइतमान तामाङ र उपप्रमुखमा एमालेकी उमा प्रधान निर्वाचित भएका छन् । मेयर तामाङले ११ हजार २५८ मत ल्याउनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेको बालकृष्ण देउजाले ११ हजार १६५ मत ल्याउनु भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको थियो ।