• १६ असार २०८१, आइतबार

चौरजहारीमा माओवादीका पुष्प र ईश्वरी विजयी

blog

राजु लामिछाने

रुकुम पश्चिम, जेठ ४ गते । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका पुष्प वादी र ईश्वरी शर्मा वि.एम.ले जित हाँसिल गर्नुभएको हो । 

निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका अनुसार पुष्प वादीले ६ हजार ८८२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमबहादुर ओलीले ६ हजार ३११ मत प्राप्त गर्नुभएको छ । यस्तै जनता समाजवादी पार्टीका प्रशाराम खत्रीले १७ र राप्रपाका उम्मेदवारले ८ मत ल्याउनुभएको छ । 

उप प्रमुख इश्वरीले शर्मा वि.एम.ले सात हजार दुई मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका टंकप्रसाद ओलीले पाँच हजार ७४४ मत र राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गर्नुभएको छ ।  

१४ वडा रहेको चौरजहारीमा ६, ९ र १४ वडामा नेपाली काँग्रेसले जित हाँसिल गरेको छ भने बाँकी सबै वडाहरुमा माओवादी केन्द्रले जित हाँसिल गरेको छ । 

नवनिर्वाचित नगर प्रमुख पुष्प वादी र उप प्रमुख इश्वरी शर्मा बि.एम. । तस्बिर ः राजु लामिछाने