• १६ असार २०८१, आइतबार

आठबिस नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

blog

फोटो क्याप्सन : नगर प्रमुख तर्कबहादुर बडुवाल र उपप्रमुख कल्पना थापा ।

कमल शर्मा
दैलेख, जेठ ४ गते ।
जिल्लाको आठबिस नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार तर्कबहादुर बडुवाल नगर प्रमुख र उपप्रमुखमा कल्पना थापा विजयी हुनुभएको छ ।

बुधवार अपरान्ह सार्वजनिक भएको मत परिणाम अनुसार नगर प्रमुखमा तर्कबहादुर बडुवालले पाँच हजार ३२७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेम प्रकाश शाहीले पाँच हजार ६६ मत प्राप्त गरी उप बिजेता बन्नुभएको छ ।

त्यस्तै, नगर उपप्रमुखमा कल्पना थापाले पाँच हजार ११३ मत ल्याएर विजयी हुँदा उहाँकी प्रतिद्वन्द्वी नेपाली काँग्रेसबाट उपप्रमुखको उम्मेदवार निशा थापाले चार हजार ९६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । नगर प्रमुखमा उपविजेता बन्नुभएका प्रेम प्रकाश शाही अघिल्लो निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार खड्गराज उपाध्यायसँग पराजित हुनुभएको थियो ।