• १७ असार २०८१, सोमबार

रामगोपालपुर नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

blog

रामगोपालपुर नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी । तस्बिर : गोरखापत्र

महेशकुमार दास 

जलेश्वर, जेठ ४ । महोत्तरीको रामगोपालपुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाल कम्प्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएका छन् । रामगोपालपुर नगरपालिकाको प्रमुखमा एमालेका रामदुलार साह र रिना देवी यादव विजयी हुनुभएको छ । 

निर्वाचन अधिकृत जानकी रमन यादवका अनुसार, प्रमुखमा साहले ५ हजार ३४९ मत प्राप्त गर्नुभएको छ भने उप प्रमुखमा रिनादेवी यादवले चार हजार २६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

प्रमुखमा नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अशोक कुमार मण्डलले ३ हजार ५८६ मत र उपप्रमुखमा नेपाली काँग्रेसका पुष्पादेवी कुशवाहाले ३ हजार ४०३ मत ल्याई निकटमत प्रतिद्वन्द्वी रहनुभएको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

प्रमुखमा निकटमत प्रतिद्वन्द्वी मण्डल रामगोपालपुरका निर्वतमान उपप्रमुख रहुनु भएको छ । रामगोपालपुर नगरपालिकाको वडामा भने मिश्रित परिणाम आएको छ । सम्पन्न मतगणना परिणाम अनुसार रामगोपालपुर नगरपालिकाको वडा नं.—१ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विजयी कुमार मण्डल ५१२ र वडा नं.—२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मुकेश कुमार यादव ४४३ मत ल्याई विजयी हुनु भएको छ । 

वडा नं.— ३ मा  नेपाल कम्युनिष्ट पार्टीका जयनारायाण मण्डल ५४३ मत , वडा नंं— ४ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका कारी कमख्या महतो ४८६ मत र वडा नं. ५ मा नेपाली काँग्रेसका मकेश्वर कुमार शर्मा ५२८ मत ल्याएर विजय हुनुभएको छ । 

यसैगरी, वडा नं. —६ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शिवचन्द्र महतो ७१४, वडा नं.—७ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शम्भु साह तेली ४२९ , वडा नं.— ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का राम पदार्थ मण्डल ६७० र वडा नं.— ९ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नागेश्वर प्रसाद मण्डल ६४९ मत ल्याई विजयी हुनु भएको छ ।