• ७ जेठ २०८१, सोमबार

२४ घण्टामा छ जना सङ्क्रमित

blog

काठमाडौं, जेठ ४ गते । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८५६ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमणदर शून्य छ ।

२४ घण्टामा आठ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १४७ छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३५ हजार ८५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।