सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ ।
लक्ष्मणदत्त पन्तमहेन्द्रनगर, जेठ ४ गते । कञ्चनपुरको महाकाली पारि रहेको एकमात्र पालिका दोधाराचाँदनी नगरपालिकामा एमालेले नगरप्रमुख र काँग्रेसले उपप्रमुखमा जित हासिल गरेको छ । प्रमुखमा विजयी एमालेका किशोरकुमार लिम्बुले ७ हजार १०४ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्वी काँग्रेसका गोपालदत्त भट्टले ६ हजार १७२ मत प्राप्त गर्नुभयो । कैची चुवाउचिन्ह लिएर चुनावी मैदानमा आउनुभएका स्वतन्त्रका उम्मेदवार भिमबहादुर कुमाल एक हजार ९३४ मतका तस्रो स्थानमा उभिनुभएको छ । यसैगरी, उपप्रमुखमा ६ हजार ३६५ मत प्राप्त गरेर काँग्रेसकी गंगादेवी जोशी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेकी खिमा चन्दले ५ हजार ८२६ मत प्राप्त गर्नुभयो । माओवादीका उम्मेदवारले २ हजार ३४९ मत पाएका निर्वाचन अधिकृत कृष्णदत्त भट्टले बताउनुभयो । जम्मा १० वडा रहेको उक्त पालिकामा ६ वडामा एमाले, २ मा राप्रपा, १ वडामा काँग्रेस र १ वडामा माओवादीले जित हात पारेको छ ।
जिल्लाको लिखुतामाकोसी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ ।
स्थानीय तह निर्वाचनमा वडा तहसम्म चुनावी एकता गरेका पाँच दलीय गठबन्धन अधिकांश स्थानीय तहमा सफल भएको छ । जिल्लाको १० वटा स्थानीय तह र ८५ वटा वडामध्ये अधिकांश पालिका र वडा गठबन्धनका साझा उम्मेदवारले जितेका हुन् ।
गत वैशाख २६ गतेबाट बन्द रहेको ल्याव सेवा पुनः सुुचारु भएको छ । स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी फिर्ता हुुँदा सेवा सुचारु भएको हो ।
स्थानीय तह निर्वाचनको अघि बुटवलको मिलनचोकमा प्रेसकुकर बम विस्फोट गराउने तीनजना पक्राउ परेका छन् । जेठ १ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
जिल्लाको आठबिस नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार तर्कबहादुर बडुवाल नगर प्रमुख र उपप्रमुखमा कल्पना थापा विजयी हुनुभएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाल कम्प्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएका छन् । रामगोपालपुर नगरपालिकाको प्रमुखमा एमालेका रामदुलार साह र रिना देवी यादव विजयी हुनुभएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बुधबार दिउँसो यात्रुबाहक बस र माछा बोक्ने पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले बजेट आमजनतालाई सकारात्मक प्रभाव पार्ने र निम्नवर्गका तह र तप्कालाई माथि उकास्ने खालको हुनुपर्ने बताउनुभयो ।
चितवनको कालिका नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विनोद रेग्मी निर्वाचित हुनुभएको छ । उहाँले गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार शिवराम केसीलाई १४३ मतले पराजित गर्नुभएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग आगामी आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म काठमाडौंमा हुने भएको छ ।
पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
। पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले नेपालको आर्थिक वृद्धिदर गत ४० वर्षमा ३–४ प्रशतिशभन्दा माथि उठ्न नसकेको बताउनुभयो ।
निशा राईधरान, जेठ ४ गते । धरान उपमहानगरपालिकामा हालसम्म २२ हजार ९७९ हजार मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अगाडि हुनुहुन्छ । गणनाको शुरुवातदेखि गठबन्धनको अग्रता रहे पनि हाल गठबन्धनका प्रमुख पदका उम्मेदवार किशोर राईलाई पछि पार्दै स्वतन्त्रका हर्क साम्पाङले एमाले काँग्रेस लगायत सबै राजनीतिक दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् ।पछिल्लो मत परिणाम अनुसार स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ८ हजार १४० मत प्राप्त गरेर अग्रस्थानमा रहनुभएको छ भने दोस्रोमा नेपाली काँग्रेसका उम्मेदवार किशोर राइको आठ हजार १२६ मत छ । तेस्रोमा एमालेका उम्मेदवार मञ्जु भण्डारीले छ हजार ७१३ मत प्राप्त गर्नुभएको छ । यसैगरी, उपप्रमुख पदमा गठबन्धनको उम्मेदवार अइन्द्रबिक्रम बेघाले नौ हजार १३६ मत प्राप्त गर्नुभएर गठबन्धनका अग्रता कायमै राख्नुभएको छ भने एमालेका उम्मेदार पदम इस्वोले आठ हजार ८५१ मत प्राप्त गर्नुभएको छ । हालसम्म ११ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नं २०, १९, ११ को मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।