• १९ असार २०८१, बुधबार

लगानी तान्दै प्रविधि कम्पनी

blog

विश्वास रेग्मी

काठमाडौँ, वैशाख ३ गते  । विद्युतीय भुक्तानीमा स्थापित ‘खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक ग¥यो । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु-याउने उद्देश्य पूरा गर्न आवश्यक लगानी जुटाउन खल्तीले आफ्नो स्वामित्व बिक्री गरेको थियो । घरघरसम्म खाना पु-याउन अनलाइन सेवा दिएर चर्चित बनेको ‘फुडमान्डु’मा विदेशीले नेपालमा स्थापना गरेको लगानी व्यवस्थापन संस्था डोल्मा इम्प्याक्ट फन्डले ४६ करोड रुपियाँ लगानी गर्ने खबरले पुसको अन्तिम साता चर्चा पायो । 

स्टार्टअपका रूपमा सेवा सुरु गरेको फुडमान्डुमा भित्रिएको यो लगानी नेपालको परिवेशमा आफैँमा ठूलो थियो । देशका विभिन्न ठाउँमा सेवा विस्तारको योजनामा रहेको फुडमान्डुका लागि यो लगानी सहयोगी हुने अपेक्षा गरिएको छ । प्रविधिको उपयोगमार्फत सेवा दिइरहेका नेपाली कम्पनीमा भित्रिएको लगानीका यी खबर यत्तिमै अन्त्य हुँदैनन् । बरू नयाँ–नयाँ कम्पनीमा लगानी गर्ने क्रम निरन्तर बढ्दो छ । यस्तैमा चैतको पहिलो साता नेपाली स्टार्टअप कम्पनी ‘वाइज्याक’ले पनि करिब तीन करोड रुपियाँ भिœयाएको छ । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स, एआई)मा आधारित भएर स्वास्थ्य प्रविधिमा काम गरिरहेको यो कम्पनीमा ‘टिम भेन्चर’ले लगानी गरेको हो । टिम भेन्चर नेपाली लगानी कम्पनी हो । वाइज्याकले एआई र मसिन लर्निङमा आधारित सफ्टवेयर निर्माण गरेको छ, जुन स्वास्थ्य क्षेत्रका लागि उपयोगी छ । 

सीप भएका जनशक्तिलाई घरपरिवार तथा कार्यालयमा कामको अवसर प्रदान गर्ने अर्को स्टार्टअप कम्पनी सजिलो मर्मत सेवाले पनि १० करोड रुपियाँ लगानीका रूपमा प्राप्त गर्ने भएको छ । भेन्चर क्यापिटल कम्पनी ‘टु नर्थ एसोसिएसट्स’ले यो स्टार्टअपमा लगानी गर्ने भएको हो । 

लगानीका सम्बन्धमा दुई कम्पनीबीच फागुन तेस्रो साता सम्झौता भइसकेको छ । थपिने लगानीबाट सजिलो मर्मत सेवाले नयाँ स्थानमा सेवा विस्तार गर्ने तथा डेलिभरि सुविधासमेत थप गर्ने योजना बनाएको छ । क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दोस्रो पटकका लागि पनि हालै मात्र १० लाख अमेरिकी डलर लगानी प्राप्त गरेको छ । पहिलो चरणमा २०२१ जुनमा लगानी पाएको जेनेसमा सम्भावना देखिएको भन्दै बिजनेस अक्सिजनले लगानी थपेको हो । बिजनेस अक्सिजन नेपालकै पहिलो निजी ‘इक्विटी फन्ड’ हो । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को ग्लोबल एसएमई भेन्चर अभियानको अङ्गका रूपमा यसले काम गर्छ । 

अनलाइन सपिङका लागि चर्चित सस्तो डिलमा पनि हालै मात्र आईएमई गु्रपले लगानी भिœयाएको छ । लगानी रकम सार्वजनिक नगरिए पनि यस्तो सहकार्यले सस्तो डिलको सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसअघि सस्तो डिलले दुई पटक डोल्मा इम्प्याक्ट फन्डबाट लगानी 

भिœयाइसकेको थियो । कृत्रिम बौद्धिकता (एआई)को क्षेत्रमा चर्चित नेपाली कम्पनी फ्युज मसिन नेपालको पूर्ण स्वामित्व अमेरिकामा रहेको फ्युज नेपाल इङ्कले खरिद गरेको छ । यीबाहेक कतिपय अन्य प्रविधि कम्पनीमा विदेशी र स्वदेशी भेन्चर कम्पनीले लगानीका लागि चासो देखाइरहेका छन् । कतिपय लगानी भिœयाउने प्रक्रियामा पनि छन् । स्टार्टअपहरूमा भित्रिने यस्तो लगानीले पुँजीको खोजीमा रहेका र सेवा विस्तारमा रहेका कम्पनीका लागि धेरै नै सहयोग पुग्ने फुडमान्डुका संस्थापक मनोहर अधिकारी बताउनुहुन्छ । “स्टार्टअपमा लगानी भित्रिनु आफैँमा सुखद् 

कुरा हो तर यसको प्रक्रिया भने सहज बनाइनुपर्छ,” उहाँले भन्नुभयो । 

अझ नेपाली कम्पनीलाई नेपाल भित्रैबाट लगानी गर्न सक्ने वातावरण निर्माण भएमा त्यो सबैभन्दा उपयुक्त हुने उहाँको भनाइ छ । यस्ता कम्पनीलाई प्राप्त हुने लगानी फिर्ताको समय भने केही बढी हुनुपर्ने उहाँको तर्क छ । नेपालका सन्दर्भमा प्रविधिमा आधारित सेवा दिइरहेका कम्पनीमा भइरहेका केही लगानी बढीमा पाँच वर्षका लागि मात्र छन् । उक्त समय पूरा भएपछि लगानी फिर्ता लैजाने गरी सम्झौता भएका हुन्छन् ।