• १२ असोज २०८१, शनिबार

इन्टरको उपाधि होड कायम

blog

काठमाडौँ, वैशाख ३ गते । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले उपाधि होड कायम राखेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले स्पेजियालाई उसैको मैदानमा ३–१ गोलले हरायो । 

इन्टरको जितमा मार्सेलो ब्रोजोभिक, लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गर्नुभयो । स्पेजियाका जुलियो मेजेरोले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै दोस्रो स्थानमा रहेको इन्टरको ३२ खेलबाट ६९ अंक पुगेको छ । शीर्षस्थानमा रहेको एसी मिलानको ७१ अंक छ । मिलानले एक खेल बढी खेलेको छ । पराजित स्पेजिया ३३ अंकसहित १५औँ स्थानमा छ । 

शुक्रबार रातिनै भएको खेलमा एसी मिलानले जेनोआलाई २–० गोलले हरायो । मिलानको जितमा राफेल लियाओ र जुनियर मेसियसले गोल गर्नुभयो । पराजित जेनोआ २२ अंक सहित १९औँ स्थानमा छ । एजेन्सी