• १२ साउन २०८१, शनिबार

अभिनव वर्ष २०७९

blog

जगमान गुरुङ

नयाँ वर्षलाई ‘अभिनव वर्ष’ भन्ने चलन पनि छ । अहिले अभिनव वर्ष विस. २०७९ । नयाँ वर्षको चर्चा गर्दा सबभन्दा पहिले ज्योतिषशास्त्रको अध्ययन गर्नुपर्छ । ज्योतिषशास्त्रमा खगोल र भूगोल भन्ने छ । खगोल भनेको आकाश, ग्रह, नक्षत्र र ताराहरू हुन् । भूगोल भनेको चाहिँ पृथ्वी हो ।

आकाशमा असङ्ख्य ताराहरू छन् । ती असङ्ख्य ताराहरूमध्ये २७ वटा तारालाई मुख्य मानिन्छ । यी मुख्य ताराहरूलाई नक्षत्र भनिन्छ । नक्षत्रहरू आ–आफ्ना समूहमा हुन्छन् र नक्षत्रको समूहलाई राशि भनिन्छ । राशि भनेको थुप्रो हो । नक्षत्रहरूका अतिरिक्त आकाशमा अरू पनि आकाशीय पिण्ड छन् । यी आकाशीय पिण्डलाई ग्रह भनिन्छ । ग्रहहरू चाहिँ प्रत्येक नक्षत्रको बाटो भएर एउटा एउटा राशिमा बस्छन् । ग्रहहरू त नौवटा छन् । ग्रहमण्डलको अधिपति चाहिँ सूर्य हो । त्यसैले यसलाई सौर्यमण्डल पनि भनिन्छ । सूर्यको गतिअनुसारको कुरो नै विक्रम संवत्को नयाँ वर्ष हो । यसरी यो भूगोलमा खगोलको के प्रभाव पर्यो भनेर ज्योतिषशास्त्रमा अध्ययन गरिन्छ ।

भूगोलवेत्ता र ज्यातिर्विद्हरूले यो पृथ्वीमा तीनवटा काल्पनिक रेखा कोरेका छन् । बीच भागमा कोरेकोलाई भूगोलको भाषामा ‘भूमध्यरेखा’ र ज्योतिषशास्त्रको भाषामा ‘विषुवत् रेखा’ भनिन्छ । भूमध्यरेखाको दक्षिणपट्टि ‘दक्षिणी गोलाद्र्ध’ र उत्तरपट्टि ‘उत्तरी गोलाद्र्ध’ भनिन्छ । यस अर्थमा दक्षिणपट्टिको टुप्पो ‘दक्षिणी ध्रुव’ र उत्तरपट्टिको टुप्पो ‘उत्तरी ध्रुव’ भइहाल्यो । भूमध्यरेखा र दक्षिणी धु्रवको बीचमा पनि एउटा रेखाको कल्पना गरिएको छ । त्यो रेखा हो ‘मकर रेखा’ । यसैगरी भूमध्यरेखा र उत्तरी ध्रुवको बीचमा पनि एउटा रेखाको कल्पना गरिएको छ । त्यो रेखा हो ‘कर्कट रेखा’ ।

वैशाखमा सौर्यमण्डलका अधिपति सूर्य मेषराशिमा उच्च भएर बस्ने र विषुवत् रेखा पार गरेर पृथ्वीको उत्तरी गोलाद्र्धमा लाग्ने गर्छ । त्यसैले वैशाख १ गतेलाई अभिनव वर्ष मानियो ।

पृथ्वी चौबीस घण्टामा एकपटक आफैँ घुम्छ । सूर्यको वरिपरि घुम्छ । घुम्दाखेरि सूर्यपट्टि परेको पाटो उज्यालो हुन्छ । कोल्टे परेको पाटो अँध्यारो हुन्छ । उज्यालो पाटो दिन भयो । अँध्यारो पाटो रात भयो । सूर्यको वरिपरि घुम्दाखेरि कहिले सूर्यको किरण दक्षिणी गोलाद्र्धमा सोझो पर्छ । कहिले उत्तरी गोलाद्र्धमा सोझो पर्छ । दक्षिणी गोलाद्र्धमा सूर्यको किरण सोझो पर्दाखेरि यहाँ दिन लामो रात छोटो हुन्छ । उत्तरी गोलाद्र्धमा सूर्यको किरण सोझो पर्दाखेरि यहाँ दिन लामो रात छोटो हुन्छ ।  नक्षत्रहरूको समूहलाई राशि भनिन्छ भनेर अघि नै भनिसकियो । राशि १२ वटा हुन्छन् । त्यो १२ राशिमा सूर्य एक–एक महिना गएर बस्छ । एउटा राशिमा कम्तीमा २९ दिन र बढीमा ३२ दिन सूर्य बस्छ । सूर्यले एउटा राशिबाट अर्को राशिमा सङ्क्रमण ९सर्ने दिन० गर्ने दिन सङ्क्रान्ति हो । अनि त्यो राशिमा सूर्य कति अंश बस्छ, त्यसको गतांशलाई गते भनिन्छ । जस्तो ज्योतिषशास्त्रको भाषामा गतांश १ भनेको १ गते भयो । गतांश २ भनेको २ गते भयो । गते भनेको गत, गयो भन्ने अर्थ हो । व्यतित भयो भन्ने पनि हो । वैशाख १ गते भनेपछि मेषराशिमा सूर्यको एक अंश भयो भन्ने बुझिन्छ ।

यसैगरी १२ महिनाका १२ सङ्क्रान्ति भए । यो १२ वटा सङ्क्रान्तिमध्ये चारवटा सङ्क्रान्ति महत्वपूर्ण छन् । साउने सङ्क्रान्तिदेखि सूर्यको दक्षिणायन सुरु हुन्छ । माघे सङ्क्रान्तिदेखि सूर्यको उत्तरायण सुरु हुन्छ । त्यसकारण साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई अयन सङ्क्रान्ति भनिन्छ ।  वैशाख १ गते र कात्तिक १ गते सूर्यको किरणले विषुवत् रेखा पार गर्छ । सूर्यको किरण कात्तिक १ मा विषुवत् रेखा पार गरेर दक्षिणी गोलाद्र्धमा प्रवेश गर्छ भने वैशाख १ गते विषुवत् रेखा पार गरेर उत्तरी गोलाद्र्धमा प्रवेश गर्छ । त्यसकारण वैशाख सङ्क्रान्ति र कात्तिक सङ्क्रान्तिलाई विषुवत् सङ्क्रान्ति पनि भनिन्छ ।

यसरी विषुवत् रेखाबाट सूर्यको किरण उत्तरतर्फ  जाँदा जाँदा असार मसान्तमा ठीक कर्कट रेखामा सोझो पर्छ । अनि साउन १ गतेबाट दक्षिणायन सुरु हुन्छ । यस्तै कात्तिक १ गते विषुवत् रेखा पार गरेर दक्षिणी गोलाद्र्धमा सूर्यको किरण सोझो पर्न थाल्छ । अनि तलतल जाँदा पुस मसान्तमा ठीक मकर रेखाको सोझो पर्छ र माघ १ गतेबाट उत्तरायण सुरु हुन्छ । माघदेखि उत्तरी गोलाद्र्धमा सर्न सुरु गरे पनि वैशाख १ गतेबाट मात्रै विषुवत् रेखा पार गरेर सूर्य उत्तरी गोलाद्र्धमा प्रवेश गर्छ ।  सूर्यको आफ्नो घर, मित्रको घर, शत्रुको घर, नीच घर, उच्च घर हुन्छ । जस्तो कात्तिक भनेको तुला राशि हो । तुला भनेको सूर्यको नीच राशि हो । कात्तिक १ गतेलाई तुला सङ्क्रान्ति पनि भनिन्छ । सूर्य तुलाराशिमा नीच भएर बस्ने अनि दक्षिणी गोलाद्र्धमा प्रवेश गर्ने, यो सूर्यको अधोगति हो । सूर्यको घर भनेको सिंह राशि । सूर्यको उच्च राशि भनेको मेषराशि ।

वैशाख महिनामा सूर्य मेषराशिमा उच्च भएर बस्छ । उत्तरी गोलाद्र्धमा पनि प्रवेश गर्छ । उत्तरी वा उत्तरायण भनेको ऊध्र्व गति हो । दक्षिणायन भनेको अधोगति हो । वैशाखमा सौर्यमण्डलका अधिपति सूर्य मेषराशिमा उच्च भएर बस्ने र विषुवत् रेखा पार गरेर पृथ्वीको उत्तरी गोलाद्र्धमा लाग्ने गर्छ । त्यसैले वैशाख १ गतेलाई अभिनव वर्ष मानियो । वर्ष भनेको चाहिँ सूर्यको प्रत्यक्ष गति हो ।

वैशाख १ गते अभिनव वर्ष मनाउने चलन प्रचीनकालदेखिको हो । विक्रमादित्यको विक्रम संवत् त पछि मिसाइएको हो । नेपाल उपत्यकामा पनि यो संवत् मनाउने चलन थियो । यो के कुराबाट प्रमाणित हुन्छ भने कर्मकाण्ड गर्दा ‘२०७९ तमे वर्षे वैशाख १ गते’ भनेर सङ्कल्प गर्छौं । बार्हस्पत्य मानअनुसार साठी संवत्सर हुन्छन् । संवत्सरको गणना हुन्छ र संवत्सर प्रवर्तन चैत्र शुक्ल प्रतिपदाको दिन हुन्छ । यो तिथि अनुसारको हो । तिथि भन्नाले चन्द्रमास अनुसारको हुन्छ । काठमाडौँ उपत्यकामा धुमधामका साथ घोडेजात्रा मनाइन्छ । घोडेजात्रा मनाउनु भनेको चैत्र शुक्ल प्रतिपदा अथवा नयाँ वर्ष आउन लाग्यो भनेर पनि हो । यो कहिलेदेखि मनाउन थालियो त ? चैत्र कृष्ण चतुर्दशीलाई पिशाच चतुर्दशी भनिन्छ । नेपालभाषामा ‘पाँचह्रे’ भनिन्छ । ‘पाँ’ भनेको पिशाच र ‘चह्रे’ भनेको चतुर्दशी हो । यसबाट पैशाचकालदेखि घोडेजात्रा मनाउन थालिएको बुझ्न सकिन्छ । अर्को कुरो, ढुङ्गेयुगमा मानिसले बाटोमा फालिएका ढुङ्गाको हतियार प्रयोग गर्थे । त्यो ढुङ्गालाई घोटेर फेरि नयाँ हतियार बनाउँथे । पैशाच युग भनेको पाषाणयुगमा पुग्न सकिन्छ । यो कसरी प्रमाणित हुन्छ भने घोडेजात्रामा कपडाको रातो टोपी लगाउने एउटा समूह र पहेँलो टोपी लगाउने अर्को समूह हुन्छन् । यो समूह एकआपसमा ढुङ्गा हानाहान गर्छन् । यो जाँड खाएर ढुङ्गा हानाहान गरिएको होइन । यसको परम्परा नै यही हो । अर्थात् ढुङ्गा हानाहान गरेर जात्राको समापन गर्नुपर्ने । ढुङ्गा हानाहान गर्दा मानिस घाइते हुन्थे, कोही त मर्थे । अनि जङ्गबहादुरले यो अशोभनीय भयो भनेर इस्तिहार जारी गरी यो परम्परा बन्द गराए ।

वैशाख १ गते र कात्तिक १ गते सूर्यको किरणले विषुवत् रेखा पार गर्छ । सूर्यको किरण कात्तिक १ मा विषुवत् रेखा पार गरेर दक्षिणी गोलाद्र्धमा प्रवेश गर्छ भने वैशाख १ गते विषुवत् रेखा पार गरेर उत्तरी गोलाद्र्धमा प्रवेश गर्छ । त्यसकारण वैशाख सङ्क्रान्ति र कात्तिक सङ्क्रान्तिलाई विषुवत् सङ्क्रान्ति पनि भनिन्छ ।

भक्तपुरमा वैशाख १ गतेभन्दा चार दिनअघिदेखि भैरव र भद्रकालीको रथयात्रा हुन्छ । भैरव र भद्रकालीको रथयात्रा भएपछि बिस्काः जात्रा सुरु हुन्छ । अनि १ गतेभन्दा चारदिन पछाडि  ५ गते भैरव र भद्रकालीको रथलाई एकआपसमा कामकलाको दृष्टिले जुधाइन्छ । जुधाएपछि बिस्काः जात्रा सकिन्छ । यो जात्रा सधैँ वैशाखको ५ गते हुन्छ । वैशाखको १ गतेभन्दा चार दिनअघि खट बनाइन्छ । चैतको महिना कहिले ३० को, कहिले ३१ को हुने भएकाले यसो गरिएको हो । नयाँ विश्वको संरचना, विश्व विजय, विश्वशान्तिका लागि बिस्केट जात्रा मनाइएको हो । बिस्काः भनेको विश्वकेतु, विश्वकेतु भनेको विश्वझण्डा–विश्वध्वज हो ।

एकपटक यो जात्रा हेर्न काशीका विश्वनाथ मानिसको रूप लिएर आउनुभएछ । यहाँका तान्त्रिक ज्योतिषीहरूले थाहा पाएछन् । ओहो १ काशी विश्वनाथ पाल्नुभएछ । काशी विश्वनाथलाई समातेर अब नेपालमै राख्नुपर्छ भनेर ज्योतिषीहरू पछ्याउन थालेछन् । यो कुरो विश्वनाथले पनि चाल पाउनुभएछ । अनि फटाफट हिँडेर अन्तध्र्यान हुन जमिनभित्र पस्नुभयो । शरीर जति भुइँभित्र, टाउको बाहिर भयो । अनि यहाँका तान्त्रिकले टाउको च्वाट्टै काटिदिए । भक्तपुरको टौमढी टोलमा विशाल मन्दिर छ । मूर्ति छैन । माथिल्लो तलामा दुईवटा मुकुण्डो मात्र राखिएको छ । यी दुईवटा मुकुण्डोलाई भैरवनाथ र काशी विश्वनाथ भनेर चिनिन्छ । विश्वनाथको शरीर काशीमा छ, टाउको त नेपाल छ । ज्ञानेन्द्रिय नाक, कान, आँखा मुख जति टाउकोमा हुन्छ । पेटमा त मलमूल मात्र हुन्छ । त्यसैले काशीमा त मलमूल मात्र भएको मुर्कट्टा छ । ज्ञानेन्द्रिय जति त नेपालमा छ भनेर यो कथाले भन्छ । यस्तो गौरवशाली परम्परा भएको बिस्केट जात्रा वैशाख १ गते मनाइन्छ । घोडेजात्रा चन्द्रमास अनुसार र भक्तपुरको बिस्काः जात्रा सौर्यमास अनुसार मनाइन्छ । यो अति प्राचीन परम्परा हो ।

सूर्यले एउटा राशिबाट अर्को राशिमा सङ्क्रमण (सर्ने दिन) गर्ने दिन सङ्क्रान्ति हो । अनि त्यो राशिमा सूर्य कति अंश बस्छ, त्यसको गतांशलाई गते भनिन्छ । जस्तो ज्योतिषशास्त्रको भाषामा गतांश १ भनेको १ गते भयो । गतांश २ भनेको २ गते भयो ।

वैशाख १ गते काठमाडौँको टोखास्थित सपनतीर्थमा मेला लाग्छ । यहाँ स्नान गरी मेला भरिन्छ । अहिले त यो तीर्थ उपेक्षित छ । फोहोरमैलाले भरिपूर्ण छ तर उहिले यो तीर्थ महत्वपूर्ण तीर्थको रूपमा लिइन्थ्यो । यही प्रसङ्गमा यो तीर्थसँग जोडिएको एउटा कथा छ । एक जोडी लोग्नेस्वास्नी सपनतीर्थ नजिकै बस्थे । लोग्नेलाई कुष्ठरोग भएछ । श्रीमतीले मागेर ल्याउने र ख्वाउने गर्थिन् । लोग्ने कुष्ठरोगी हुँदा पनि स्वास्नीले छोडिन । उसैको सतमा रही । गोठालाहरूले फट्याङ्ग्राहरू टिप्ने पखेटा र खुट्टा चुँडेर कुण्डमा फालिदिने गर्दारहेछन् । पखेटा र खुट्टा चुँडेर फ्याँकेको फट्याङ्ग्रो कुण्डबाट सद्दे भएर निस्कन्थ्यो । यो त रमिता भयो । के भयो यस्तो भनेर घिस्रँदै घिस्रँदै त्यो कोरी पनि कुण्डमा गएर हातमुख धोयो ।

हातमुख धोएपछि उसका हातखुट्टा सग्ला भए । अनि कुण्डमा गएर नुहायो । नुहाएपछि ऊ जवान पनि भयो । कोरीकी श्रीमती मागेर आउँदा त आफ्नो लोग्ने त छैन । त्यहाँ त ठिटो बसिरहेको छ । ओहो १ मेरो लोग्नेलाई मारेर यसले मेरो सतीत्व लुट्न बसेको रहेछ भन्ने उसले ठानी तर युवकले सबै कुरो बताउँदै भन्यो– तेरो कोरी लोग्ने मै हुँ । यो कुण्डमा नुहाएकोले मेरो कुष्ठरोग निको भयो । यो तीर्थ शिवपुरीको गर्भ रसाएर आएको हो । यहाँ जडीबुटी मिसिएको पानी आउँछ । कुष्ठरोग पनि निको पार्न सक्ने पानी भएको तीर्थको रूपमा यसलाई लिइन्छ । त्यसमाथि टोखाको सपनतीर्थमा वैशाख १ गते सूर्यको किरण कुन कोणमा पर्छ ? अहिले हामी भन्न सक्दैनौँ । हाम्रो विद्या नासियो तर हाम्रा पुर्खाले यो कुरो पत्ता लगाएका थिए । वैशाख १ गतेको विज्ञान यस्तो छ ।

नेपाल मण्डलमा मात्र होइन, सुदूरपश्चिम प्रदेशमा पनि नयाँवर्षको अवसरमा बिसु पर्व मनाइन्छ । सूर्य विषुवत् रेखा पार गरेर उत्तरी गोलाद्र्धमा जाने हुनाले यसलाई बिसु पर्व भनियो । यो पर्व मनाउँदा देवर–भाउजू, साली–भिनाजु, नन्द–भाउजू सिस्नो र पानी लगाएर खेल्ने चलन छ । सिस्नोपानी लाउनु एक किसिमको थेरापी हो । मानिसको शरीर निष्क्रिय भयो भने सक्रिय बनाउन सिस्नोले काम गर्छ ।

नयाँवर्ष कसरी मनाउनुपर्छ भन्ने कुनै पद्धति छैन । तीर्थ स्नान गर्ने, भएको दानदक्षिणा गर्ने, यतिमै सीमित छ नयाँवर्ष तर अहिलेको नयाँ पुस्ताले यो पनि मान्दैन । नयाँ पुस्तालाई कसरी जागरण गराउने ?

‘न्यू इयर इभ’ भन्नासाथ ठमेलमा ठाउँ पाइँदैन । मञ्च खडा गरेर झ्यामका झ्याम किशोरकिशोरी नाच्छन् तर नयाँवर्षमा ज्योतिषशास्त्र छ, लामो परम्परा छ । 

हामीले सिको अर्काको पनि गर्नुपर्छ तर हाम्रो परम्परामा पनि विज्ञान छ है भनेर भन्नुपर्यो । युवापुस्ताले जे कुरामा पनि विज्ञान खोज्छ । हामी बूढा पुस्ताले यसमा यो विज्ञान छ भनेर व्याख्या गर्न सकेको छैन । हाम्रो कमजोरी दुई पुस्ता जोड्न नसक्नुमा रह्यो । नेपाली संस्कृति कचमचिएको छ, उपेक्षित छ । यसले नेपाली समाज पनि भाँडिएको छ । त्यसकारण अब युवापुस्तालाई नेपाली राष्ट्रियताको विकास कसरी भयो भनेर सिकाउनुपर्छ । नेपाली राष्ट्रियताको विकास भनेको एकआपसको सद्भाव, सहिष्णुता, सहअस्तित्वको विकास हो । यही भावना युवापुस्तामा जगाउनुपर्छ ।

(नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गुरुङसँग पुष्पराज जोशीले गर्नुभएको कुराकानीमा आधारित)