गणेश खनाल
अर्घाखाँची, भदौ ५ गते । जिल्लाको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ एक्लेभिरमा बिहीबार बिहान लु १ ज ४९१५ नम्बरको बलेरो जिप दुर्घटना भएको हो ।
जिल्लाको छत्रदेव गाउँपालिबाट बुटवलतर्फ जाँदै गरेको जिप अन्यत्रित भएर दुर्घटना हुँदा जिपमा सवार तीन जनामध्ये दुई जना घाइते भएको जिल्ला प्रहरी कर्यालय अर्घाखाँची प्रमुख चक्र मल्लले जानाकारी दिनुभयो ।
घाइते दुई जनाको अवस्था गम्भीर रहेको र अर्का एक जना सकशुल रहेको प्रहरीको भनाइ छ । घाइतेको उपचारका लागि जिल्ला अस्पताल लगिएको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।