यदुप्रसाद भट्ट
मनाङ, भदौ ५ गते । गृह मन्त्रालयले उपसचिव, प्रमुख जिल्ला अधिकारी भएका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित अन्यको सरुवा गरेको छ । सरुवाकै क्रममा मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।
इलाका प्रशासन कार्यालय, फर्पिङमा कार्यरत नवराज पौडेल प्रमुख जिल्ला अधिकारीका रूपमा मनाङ आउँदै हुनुहुन्छ ।
बुधबार सचिवस्तरीय निर्णयबाट १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो । उपसचिव प्रमुख जिल्ला अधिकारी हुने मनाङ, सोलुखुम्बु, रसुवा, बाजुरालगायत १२ जिल्लाका सिडिओहरूको सरुवा गरिएको हो । सरुवा भएका अधिकांशलाई गृह मन्त्रालय वा सोअन्तर्गतका नियकाहरूमा पदस्थापन गरिएको छ ।