• ७ जेठ २०८१, सोमबार

आए वैशाख लाए(कविता)

blog

भाग्यशाली अधिकारी

पारि पाखा वन बुटा कुहु कोइली त्यो करायो 

उफ्य्रो बक्र्यो पतकर छरी माथि कुँद्छन् खरायो ।

चौतारीको बसी शीतलमा युवती गीत गाए

कुर्ले कुर् कुर् ढुकुर वनमा आए वैशाख लाए ।

भन्ज्याङ थुम्का चहुर हरियो पालुवा क्या झुलेको

बारी कान्ला पहेँलपुर भै प्याउली छन् फुलेको ।

धर्ती फोरी नव नव मुना आए टुसा एलाए

गाउँ बेँसी वन छ हरियो हेर वैशाख लाए ।

लेकै फुल्छन् ढकमक गुराँस राता पहेँला

रातै छ खोल्सा ऐँसेलु काफल गुँएला ।

आयो रन्को मुरली धुनको कोहो कहाँ बसेर

बजाएको कल्ले छ यसरी रुन्छ छाती पसेर ।

पिठ्यूँ छ डोको युवती झरे गुन्गुनाइ ओराली

झर्छन् बँेसी हली हलो लिँदै गोरु भाग्छन् बराली ।

पारि डाँडा फिरिरी उता पात कल्ले बजायो 

चौतारीमा सिरिसिरी आहा हावा बास्ना चलायो ।

 मेरै पाखा छ सुन्दर अरू कहाँ पाउँछौ त्यो अपार

हीरा मोती छ हाम्रै कति कति यहीँ खुल्दा ढोका भँडार ।