• २८ चैत २०८२, शनिबार

गजल

blog

धेरैपछि लेख्न बसेँ, गजल बन्यो कि गीत बन्यो

कथा भयो या कविता, भग्न मनको मित बन्यो ।


अस्ताचलमा डुबे रवि, अन्धकार छ पूर्व क्षितिज

तप्किएर आँखा राति बिहानीको शीत बन्यो ।


बढ्न थाले राता बाकस एयरपोर्टको आँगनीमा

फेरि पनि रियल, दिराम निक्कै गाढा प्रीत बन्यो ।


खरानीको आगो झनै डरलाग्दो हुँदो रहेछ

सिमानाको नक्सा जब छिमेकीको जित बन्यो ।


जुनै जोगी आए पनि चिरिएकै छन् कान

अंशबन्डा, मनबन्डा यस्तै अचेल रीत बन्यो ।