• १३ असोज २०८१, आइतबार

मध्यनेपाल नगरपालिकाको प्रमुखमा पुनः पाण्डे विजयी

blog

बेलिना थापा

लमजुङ, जेठ ४ गते । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे निर्वाचित हुनुभएको छ । 

पाण्डेले ६ हजार ५५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ यसअघि पनि प्रमुख हुनुुहुन्थ्यो । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गर्नुभएको छ । 

उपप्रमुखमा नेकपा एमालेकी सीता गुरुङ ६ हजार ४१७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उपेन्द्र अधिकारीले ५ हजार ७४ मत प्राप्त गर्नुभएको छ ।