• १३ साउन २०८१, आइतबार

चितवनको कालिका नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

blog

चितवनको कालिका नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी उम्मेदवार । तस्बिर : गोरखापत्र

शालिग्राम नेपाल 

चितवन, जेठ ४ गते । चितवनको कालिका नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विनोद रेग्मी निर्वाचित हुनुभएको छ । उहाँले गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार शिवराम केसीलाई १४३ मतले पराजित गर्नुभएको हो । रेग्मीले १० हजार ७१४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी केसीले १० हजार ५७१  मत प्राप्त गर्नुभयो ।  

नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विमला लामा १० हजार ४४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार कविता लामाले ९ हजार ६८८  मत प्राप्त गर्नुभयो । 

कालिका नगरपालिकामा एमाले  २, ४, ९ र ११ नम्बर वडामा विजयी भएको छ भने काँग्रेसले ५ वटा वडा जितेको छ । काँग्रेसले जितेको वडाहरुमा कालिका  १, सन्तवीर स्याङताङ, वडा नं. ५ दीपक वहादुर भट्टराइ, वडा नं. ६ टीकाराम रेग्मी, वडा नं. ७  कमल मोक्ततान र वडा नं. १० मा नरजंग प्रजा विजयी हुनुभएको छ । नेकपा माओवादीले दुई वडामा विजय हासिल गरेको छ ।