• १३ साउन २०८१, आइतबार

बूढानीलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

blog

काठमाडौं, जेठ ४ गते । काठमाडौं बूढानीलकण्ठ नगरप्रमुखमा नेकपा (एमाले) का मिठाराम अधिकारी विजयी हुनुभएको छ । अधिकारीले १४ हजार २५० मत प्राप्त गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत प्राप्त गर्नुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेकपा (एकीकृत समाजवादी) बालकृष्ण श्रेष्ठले दुई हजार २२२, राष्ट्रिय प्रजातन्त्र पार्टीका निना भेटुवालले एक हजार ३९, नेकपा (माओवादी केन्द्र) डम्बरप्रसाद अधिकारीले ६५९, लोकतान्त्रिक समाजवादी पार्टीका सीताराम विश्वकर्माले २० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नगर उपप्रमुखमा एमालेकी अनिता लामा १४ हजार ३१४ मतसहित विजयी हुनुभयो । लामाको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रमिता वाग्लेले ११ हजार ९७२ मत प्राप्त गर्नुभयो । नेकपा (एस) की प्रमिला सापकोटाले एक हजार ८८८, माओवादी केन्द्रकी कमला गौतले ८२७ मत ल्याउनुभयो ।

एमालेका तर्फबाट बूढानीलकण्ठ – १ को वडाअध्यक्षमा सुरेन्द्र लामा, २ मा राजेन्द्र श्रेष्ठ, ६ मा रवि खड्का, ७ मा बस नारायण महर्जन, ८ मा सुमन तामाङ, ९ मा सुमित्रा त्रिपाठी पाण्डे, १० मा नवराज भट्टराई, ११ मा राजु अधिकारी, १२ मा शम्भुप्रसाद भट्टराई र १३ को वडाअध्यक्षमा टीकानारायण श्रेष्ठ विजयी हुनुहुन्छ । 

काँग्रेसबाट ४ को वडाअध्यक्षमा श्रीराम केसी र ५ मा कृष्ण शाह (ठकुरी) निर्वाचित हुनुभयो । 

नगरको ३ नं. वडाअध्यक्षमा खानेपानीको धारा निर्वाचन चिन्ह भएका स्वतन्त्र उम्मेदवार आकाश धिताल निर्वाचित हुनुभएको छ ।