नेपालगञ्ज, जेठ १८ गते । बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणस्थलको जग्गाको अतिक्रमण हटाउन नसक्दा सो जग्गा संरक्षणमा चुनौती बढ्दै गएको छ । औद्योगिक क्षेत्रको निर्माण कार्य अलपत्र परेको छ । प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणका लागि बाँकेको बैजनाथ गाउँपालिका–३ मा छुट्याइएको ३३८ बिघा क्षेत्रफल जमिनभित्रै २६८ स्थानीयले घरटहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार पटक पटक प्रयास गरे पनि जग्गा अतिक्रमण हटाउन नसक्दा हालसम्म पनि औद्योगिक क्षेत्र परियोजनाको काम अगाडि बढाउन सकिएको छैन । स्थानीयको अवरोधकै कारण परियोजनाको काम सुरु नहुँदा औद्योगिक क्षेत्रको जमिनमा घरटहरा थपिने क्रम पनि बढेको पाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तथ्यांकमा २६८ घर टहरा रहे पनि त्यहाँ बसोबास गर्दै आएका स्थानीयले सो संख्या बढेको बताएका छन् । सरकारले गत आर्थिक वर्षमा नौबस्ता औद्योगिक क्षेत्रमा जग्गा विकास कार्य गर्न ७५ करोड, वन व्यवस्थापनका लागि दुई करोड र प्रशासकीय भवन निर्माणका लागि एक करोड विनियोजन गरेको थियो । तर, काम शुरु नहुँदा सो रकम अन्यत्र रकमान्तर गरिएको थियो । आगामी आर्थिक वर्षका लागि पनि सरकारले सो औद्योगिक क्षेत्रका लागि बजेट विनियोजन गरे पनि काम हुने नहुने केही पनि निश्चित नरहेको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । औद्योगिक क्षेत्रको जग्गामा रहेको बस्ती व्यवस्थापनका लागि पटक पटकको प्रयास गरे पनि सफल हुन नसकेपछि निर्माण कार्य अगाडि बढ्न नसकेको हो । छ् वर्ष बितिसक्दासम्म परियोजनाको डीपीआर र इआइएबाहेक अरू कुनै काम गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख पुनले बताउनुभयो ।उहाँकाअनुसार नौबस्ता औद्योगिक क्षेत्रको डीपीआर बमोजिम त्यहाँ तीन सय उद्योग स्थापना हुनेछन् । ३५० बढी उद्योगी व्यवसायीले उद्योग सञ्चालनका लागि आशयपत्रसमेत दर्ता गरिसकेका छन् । उता, नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि सो औद्योगिक क्षेत्रको काम द्रुतरूपमा अघि बढाउनका लागि पटक पटक दबाव दिँदै आएको छ । औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हटाएर काम शुरु गर्न पटक पटक आग्रह गरिए पनि सुनुवाई नभएको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको गुनासो छ । उहाँले नेपालगञ्ज औद्योगिक क्षेत्रमा उद्योग खोल्न जग्गा समाप्त भैसकेकाले नौबस्ता औद्योगिक क्षेत्र छिटो भन्दा छिटो सञ्चालनका लागि उद्योगीको दबाव बढ्दै गएको बताउनुभयो । २०७२ साल चैत १ गते नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय गरेको थियो ।
कपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्र, वर्ग र समुदायमा उत्साह थप्ने गरी सन्तुलन कायम गरेको बताउनुभएको छ ।
चित्र मिजारसिन्धुपाल्चोक, जेठ १८ गते । वर्षाको बाढीभेलले सुरुङ र हेडर्वक्समा क्षति पु¥याउन सक्ने भन्दै मेलम्ची खानेपानी आयोजनाले मेलम्चीबाट राजधानीमा पानी पठाउन बन्द गरेको छ । मेलम्ची खानेपानी आयोजना सिनियर इन्जिनियर पदमबहादुर कुवँरले अस्थायी पथान्तरण विधिबाट राजधानी पठाउँदै आएको मेलम्ची पानी बन्द गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार सुरुङमार्फत् पानी पठाउने गेट नम्बर, १, ९ र १० का ढोका बन्द गरिएका छन् ।गत असार १ गते र त्यसपछिको मेलम्ची बाढीले मेलम्ची खानेपानी आयोजनास्थल अम्बाथान मुहानस्थल, बाँध, हेडर्वक्समा क्षति पु¥याएको थियो । भे्रमाथाङको पहिरो मेलम्ची बाढमिा परिणत भएर आएपछि आयोजनास्थल र सुरङमार्ग गेग्रान लेदो माटो र ठुल्ठूला ढुंगाले पुरेको थियो । उक्त गेग्रान, माटो, ढुंगा पन्छाएर वैशाख ११ गतेबाट अस्थायी पथान्तरण विधिबाट मेलम्ची पानी उपत्यका पठाउन थालिएको थियो । इन्जिनियर कुवँरले फेरि पनि बाढीले सुरुङ र हेडर्वक्समा क्षति पु¥याउला भनेर भयले अहिले नै ढोकाहरु बन्द गरिएको बताउनुभयो । आयोजनाको सुरक्षाका लागि पानी पठाउन बन्दगरिएको हो । ‘वर्षा लगत्तै उपत्यकामा पानी पठाइनेछ’–उहाँले भन्नुभएको छ । मनसुन कहिले रोकिन्छ, सोही समयदेखि राजधानीमा मेलम्चीको पानी पठाउने तयारी आयोजनाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा जेठदेखि असोजसम्म मनसुनको अवधि रहने बताइएको छ ।आयोजनाबाट उपत्यकामा प्रतिघण्टा ७ हजार दुई सय घनमिटरका दरले प्रतिदिन १७ करोड लिटर पानी पठाइएकोमा हाल त्यसको एक चौथाई पानी मात्रै सुरुङमार्फत् पथान्तर विधिबाट पठाइएको थियो ।
नेपालको ए डिभिजन क्लब थ्रीस्टारमा मिडफिल्डर मनग्य नकर्मी भारतीय क्लब खिदिरपुर स्पोर्टिङ क्लबमा अनुबन्धित हुनुभएको छ । कोलकत्ता फुटबल लिग क्लब खिदिरपुरले मंगलबार मिडफिल्डर मनग्यलाई अनुबन्ध गरेको हो ।
नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको छलफलमा भाग लिनुहुँदै सांसद पाण्डेले डलरको सञ्चिति घट्ने क्रम जारी रह्यो भने नेपालको अवस्था श्रीलङ्काको जस्तो हुनेसक्ने चेतावनी दिनुभएको हो ।
राफेल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । पेरिसमा मंगलबार राति भएको खेलमा पाँचौं वरीयताका स्पेनिस स्टार नाडालले शीर्ष वरीयताका सर्वियन खेलाडी नोभाक जोकोभिचलाई ६–२, ४–६, ६–२, ७–६(७–४) को सेटमा हराउनुभयो ।
भारतका चर्चित गायक ५३ वर्षीय केके (कृष्णकुमार कुन्नथ) मंगलबार राति हृदयघातको कारण निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उहाँको हृदयाघातको कारण निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा बुधबार बिहान पूजा आराधना गर्नुभएको छ । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ ।
गाेरखापत्र अनलाइनकाठमाडाैं, जेठ १८ गते । कृषि बीमा अन्तर्गत किवि र ड्रागन फलको नयाँ बीमालेख जारी गरिएको छ । बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क तिरी बीमा गराउन सकिने बीमा समिति अन्तर्गत रहेकाे नेपालको बीमा नियमनकारी निकायले बताएकाे छ । समितिका अनुसार साेकाे लागि ८० प्रतिशत अनुदान सरकारले दिनेछ । कृषि तथा पशुपन्छी बीमा अन्तर्गत कृषकहरूको दुई लाख बीमाङ्कको दुर्घटना बीमा अनिवार्य व्यवस्था गरिएको छ ।कृषि तथा पशुपन्छी बीमाले रक्षावरण गर्ने जोखिमहरूमा आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुषारो, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरु (जंगली जनावरले हुने नोक्सानी), कीरा तथा रोगबाट हुने हानि–नोक्सानी, बिषादीबाट हुने नोक्सानी (माछा), अन्य बाली बिशेष अनुसारको जोखिमहरु रहेकाे बताइएकाे छ ।
प्रतिनिधि सभाको बैठकमा बुधबार पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ ।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाइने भएको छ । पालिकाभित्र बोलीचालीमा रहेको मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।
सरकारी स्वामित्वमा सञ्चालन भएका सार्वजनिक संस्थानको खुद नाफा २२ अर्बले घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४८ अर्ब ८९ करोड १६ लाख रुपियाँ रहेको खुद नाफा आर्थिक वर्ष २०७७/७८ मा २२ अर्बले घटेर २६ अर्ब ३५ करोड ८८ लाख रुपियाँमा झरेको हो ।
पछिल्लो समयमा बनेका र बन्दै गरेका नेपाली चलचित्र हेर्दा लाग्छ नेपाली सिनेमा क्षेत्रमा विस्तारै गुणस्तरमा आएको सुधार र आर्थिक गतिविधिले गति लिन थालेको परिणाम यस क्षेत्रमा शुभसङ्केत देखिँदै छन् । अभिनय लगायतका कुनै विषयवस्तु
डिभिजन वन कार्यालय तनहुँ गण्डकी प्रदेशकै सर्वोकृष्ट कार्यालय बन्न सफल भएको छ । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आइतबार प्रदेश भरीकै उत्कृष्ट कार्यालय घोषणा गरेको हो । मुख्यमन्त्रीको कार्यालयले बनाए
‘दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ मूल नाराका साथ सरकारले विभिन्न कार्यक्रमसहित १२औँ विश्व दूध दिवस मनाइरहेको छ । विश्व दूध दिवस मनाइरहँदा दूधमा आत्मनिर्भरका लागि चुनौती बढेको छ ।