नेत्र शाहीजुम्ला, जेठ २१ गते । जुम्ला तातोपानी गाउँपालिका २ निवासी ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावमा उपचारविहीन हुनुभएको छ । खत्रीका दुबै मिर्गाैलाले काम नगरेपछि उपचार खर्च जुटाउन नसकेर घरमै बसिरहुनभएको हो । घरको आर्थिक अवस्था कमजोर भएको र दुबै मृगौला प्रत्यारोपणका लागि लाखौँ रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न उहाँले सबैमा अपिल गर्नुभएको छ ।
गीता श्रेष्ठनेपाली संस्कृति, सामाजिक संस्कार र तिथी–पर्वहरुले मानव समाजको कल्याणका लागि स्थापित गरेका मान्यताहरु ओझेलमा परेका छन् । आजभोलि चाडपर्वहरु परम्परा निर्वाहमा खम्चिएर भोज–भतेर खानुमै सीमित भएको छ । हरेक चाडपर्व प्रकृति र मानव सभ्यता अनि सामुदायिक हितमा केन्द्रित रहेका छन् भन्ने दृष्टान्त वा व्याख्या–विश्लेषण नहुँदा चाड पर्वहरुलाई पुरातनपन्थका रुपमा समेत अथ्र्याउन थालिएको छ । दशैं होस् कि तिहार, छठ होस् कि माघे संक्रान्ति वा साउने संक्रान्ति– यिनको आफ्नै मौलिक विशेषता छन् र यी पर्वहरु मनाउनुको अर्थ आधुनिक विज्ञानले पनि पुष्टि गरेको छ कि यी पर्वहरु मानव स्वास्थ्य, समाज र सृष्टि संरचनाको रक्षा र निरन्तर सक्रियताकै लागि मनाइएका हुन् । हरेक पर्वहरु मानव जीवनसँग जोडिएका छन् । सिथी नखः पनि मानव जीवनसँग जोडिएको पर्व हो । यो पर्व खासमा पानीको मुहान सफा गर्ने पर्व सदियांैदेखि चलिआएको छ । आज विश्वले पानी दिवस मनाउनुपर्ने भन्दै औपचारिक दिवस मनाइरहँदा हाम्रा परम्परामा पानी संरक्षण र शुद्ध पानीको अभियान हजारौं वर्षदेखि नै चलिआएको प्रथालाई बुझ्नै सकेनौं र यस्ता महान अभियानलाई ओझेलमा पारिरहेका छौँ ।नेपालमा लिच्छविकालदेखि नै पानी संरक्षणको प्रचलन चलिआएको भए पनि आधुनिक विश्वमा भने सन् १९९३ बाट विश्व पानी दिवस माउन थालिएको हो । संयुक्त राष्ट्रसंघले सन् १९९३ मार्च २२ लाई पानी दिवस मनाउने घोषणा गरेदेखि हरेक वर्ष पानी दिवस मनाइन्छ । यो दिवसमा पानीको महत्वबारे र यसको संरक्षणका नारा घन्कन्छन्, पानीको स्रोतहरुको संरक्षण र स्वच्छ पानी कसरी उपलब्ध गराउने भन्ने योजना बन्दछ । तर जलस्रोतले सम्पन्न देश भएर पनि होला हिमालयदेखि निसृत हुने सदावहार नदीसँगै भूमिगत जलसमेत पर्याप्त भएकाले यहाँ हजारौं वर्षअघिदेखि पानीका स्रोत संरक्षण र यसको सरसफाई गर्ने पर्व नै मनाउने चलन रहिआएको हो । विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायले जेष्ठ शुक्लपक्षको षष्ठी तिथिमा मनाउने पर्व सिथी नखःको विशेषता भन्नु नै पानीका मुहान र स्रोत सरसफाई गर्नु हो । आजभोलि अव्यवस्थित शहरीकरणले गर्दा यहाँ भएका ढुंगेधारा, इनार तथा कुवा र पोखरीहरु मासिएर घरघरमा धारा र जारमा भरिएका पानीका भाँडा आउने हुँदा पानी सफा गर्ने काम त्यति नहुने भए पनि यो पर्व मनाउन छाडिएको छैन । किनभने यो एक सांस्कृतिक पर्व हो र नेपालमा लिच्छविकालदेखि सिथी नखः पर्व मनाएर पानीको महत्व र त्यसको स्रोतको संरक्षणबारे मानिसलाई सचेत गराउने कार्य हुँदैआएको संस्कृतिविद्हरु बताउँछन् ।उपत्यकाको मौलिक संस्कृति यहाँका रैथाने नेवारको धरोहर हो । अथाह सांस्कृतिक भण्डार रहेको नेवार समुदायले मनाउने धेरै पर्वहरुको तुलनामा सिथी नखः फरक छ । प्रायःजसो चाडपर्वहरु नेवारको सामूहिक भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाई गर्ने गरिन्छ । केहीले यही दिनमा कुलदेवताको पूजा पनि गर्दछन् ।केही दशकअघिसम्म उपत्यकामा सबै टोलबासीहरू मिलेर आ–आफ्ना टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरीआदि सफा गर्ने चलन थियो र अझै पनि बाँकी रहेका त्यस्ता सम्पदाहरुको सरसफाई गर्ने गरिन्छ । हिउँद सकिएर वर्षायाम सुरु हुने बेला पर्ने सिथी नखः मनाउनुको कारण इनार, कुवा सफा गर्न सजिलो हुने हुन्छ ।किनभने लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुन्छ । सिथी नखःका दिन मुहान सफा गयो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास छ । सिथी नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ ।पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ । त्यसो त सिथी नखःको दिन पनि भोज नखाने होइन । यो दिन मास, मुगी, केराउलगायतका पकवान पकाउने चलन छ । यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी आदि पकवान खाने चलन छ ।खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलनको चाडका रूपमा समेत यसलाई लिन सकिने संस्कतिविद्हरु बताउँछन् । मौसम अनुसारको पर्व र सोही अनुसारको खानेकुरा खाने नेवारी समुदायको प्रचलनअनुरुप सिथी नखःमा खाने बारा, चटामरीलगायतका परिकारले शरीरलाई तन्दुरुष्त राख्न मद्दत पुग्ने उनीहरुको चलन छ । जसरी साउने संक्रान्तिमा क्वाटी खानु, माघे संक्रान्तिमा घीउ चाकु खानु शरीरमा तागत बढाउन र रागेव्याधीसँग लड्ने क्षमतावृद्धिकै लागि हो ।पानीको पूजा आराधना गरी यसै दिनदेखि रोपाईको शुरुआत गरिने चलन पनि छ । यस दिन स्थान विशेषअनुसार असारे गीत, कौला राग आदि गाउने गरिन्छ । यस पर्वका अवसरमा मध्यकालमा काठमाडौँका दुई टोलका मानिस युद्ध गरेको नाटक गर्ने परम्परा थियो । लडाइँमा चोटपटक लागी मानिस घाइते हुन थालेपछि जङ्गबहादुर राणाले यो चलन बन्द गराएको भन्ने भनाइसमेत छ ।जेष्ठ शुक्ल सप्तमीका दिन क्षेत्रपाटीस्थित नःघल टोलमा रहेको कुमार कार्तिकेयको मन्दिरमा पूजा सामग्रीसहित विभिन्न प्रकारका नैवेद्य लिएर पूजा गर्न जाने चलन छ । जेष्ठ शुक्ल सप्तमीको दिन राति कुमार कार्तिकेयलाई खटमा राखी राजधानी शहरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । कुनै पनि चाडपर्व, जात्राहरुको मूल उद्देश्य भोजभतेर खानु मात्र कदापी हैन, हामीले चाडपर्व मनाउँदा यसको तात्विक अर्थ र महत्व बुझ्न जरुरी छ । आजको पुस्तालाई यस्ता पर्वहरुको विशेषता र मौलिकता अनि विश्वमा प्रचलनमा रहेका अभ्यासहरुको तुलना गरेर संस्कृति संरक्षणमा जागरुक पनि बनाउनु आवश्यक छ । पर्वहरुको विशेषता नै हाम्रो सभ्यताको चिनारी हो र हाम्रो संस्कृति नै हाम्रो सम्पत्ति हो भन्ने मान्यताको विकास गर्नुपर्ने समय आइसकेको छ । हामीले मनाउने हरेक चाडपर्वहरुलाई वैज्ञानिक पक्षबाट हेर्ने, बुझ्ने र बुझाउने काम गर्न अब ढिला भैसकेको छ । संस्कृति मासिनु भनेको मानिसको चिनारी हराउनु हो । उसको आफ्नो मौलिकता गुमाउनु हो । अझ वैदिककालसम्म जोडिएको नेपालका हरेक जातजाति, क्षेत्र, सम्प्रदायले मनाउने चाडपर्वहरु समग्र मानवहितमा समर्पित छन् र यिनको एउटै मात्र उद्देश्य मानव स्वास्थ्य, वातावरण संरक्षण र प्रकृति रक्षा हो भन्ने मान्यता पुनःस्थापित गर्नुपर्दछ । किनभने, नेपालको हरेक चाडपर्व प्रकृति संरक्षण र मानव हितमा समर्पित छ । यसमा रहेका परम्परागत पक्षहरुलाई रुढीवादको जामा पहिराएर पश्चिमाले नारा घोकाइदिएपछि मात्र त्यसको महत्व सम्झने गर्दछौं । हजारौं वर्षदेखि सिथी नखःले पानीका मुहान सँधै सफा राख्नु पर्दछ भनेर बसालिएको प्रथालाई बेवास्ता गर्दै पश्चिमाले पानी दिवस भनेपछि त्यसको पछिलाग्दा हामी सांस्कृतिक अतिक्रमणको शिकार भैरहेका छौँ ।अरुले भनिदिएको सबै राम्रो मान्दै त्यसैको पछिलाग्ने गर्दा हामीले हाम्रो मौलिकता भुल्दै गएका छौँ । नेपालमा रहेका हरेक जातजातिको चाड पर्व नेपाली संस्कृति हो र यो संस्कृति वैदिक संस्कृतिको एउटा अंग हो भन्ने भुलेर जातीय विभेदमा रुल्मुलिएर मौलिकता नष्ट गरिरहेका छाँै ।हाम्रा चाडपर्व र संस्कृति कति वैज्ञानिक र दूरदृष्टिकोणले युक्त रहेका छनु भन्ने तथ्य सिथी नखः र आज देखापरेको पानीको समस्याले नै स्पष्ट गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा दुई अर्ब भन्दा बढी मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । झण्डै पौने दुई अर्ब मानिस फोहोर र मानव मलको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाईका कारण हरेक वर्ष करिब दश लाखजनाको मृत्यु हुने गरेको छ । यो अहिलेको समस्या नेपाली समाजले हजारौं वर्षअघि नै देखेको थियो र पानी सफाईको अभियान चलाउन धार्मिक मान्यता र संस्कार स्थापित गरियो– ‘सिथी नखः’का रुपमा ।विश्वमा तीव्रगतिमा जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको छ । सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्नेछ तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । अझ तेस्रो विश्वयुद्ध भएको अवस्थामा त्यो पानीकै लागि हुने समेत बताउन थालिएको छ । यस्तो चिन्ताजनक भविष्य वाणीकाबीच जलस्रोतमा धनी, जैविक विविधतालेयुक्त नेपालको प्राकृतिक वातावरण जोगाउन र मानव सभ्यतालाई बचाउन चाडपर्वहरुको संरक्षण, प्रवद्र्धन र यसका वैज्ञानिक पक्षहरुका प्रचारप्रसार हुनु जरुरी छ ।
ठाकुरप्रसाद आचार्यम्याग्दी, जेठ २१ गते । सूर्यनारायण पुरस्कार संस्था बेनी म्याग्दीले दुईजना अग्रज कलाकारलाई सम्मान गरेको छ । शनिबार बेनीमा पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरेर संस्थाले बेनीका कलाकारद्वय ८३ वर्षीय तुलप्रसाद श्रेष्ठ र ६५ वर्षीय प्रकाशकुमार श्रेष्ठलाई सम्मान गरेको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति, कला र साहित्यको विकासमा योगदान पु¥याएको भन्दै श्रेष्ठद्वयलाई जनही २० हजार रुपियाँसहित पुरस्कार दिइएको छ । प्रत्येक दुई वर्षमा एकजनालाई प्रदान गरिने पुरस्कार कोरोनाका कारण २०७६ र २०७८ मा प्रदान गर्ने पुरस्कार एकैपटक प्रदान गरिएको संस्थाले जनाएको छ । सम्मानित श्रेष्ठद्वय बेनी नगरपालिका ७ र ८ का स्थायी वासिन्दा हुनुहुन्छ । कलाकार श्रेष्ठद्वय बेनीको कला र लोकसंस्कृतिको संरक्षण, विकास र पुस्तान्तरण गराउन सक्रिय हुनुहुन्छ । पुरस्कार वितरण तथा गंगा बुलेटिन बिमोचन कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख केसीले नेपाली लोकसंस्कृतिका क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मानले थप उर्जा प्राप्त हुने बताउनुभयो । सूर्यनारायण पुरस्कार संस्थाले म्याग्दीको लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागेका व्यक्तिहरुलाई सम्मानले प्रोत्साहन मिल्ने उहाँको भनाई थियो ।साथ, सूर्यनारायण पुरस्कार प्रदान कार्यक्रमको अवसर पारेर गंगा नामक बुलेटिन विमोचन गरिएको छ ।
राजु लामिछाने रुकुम पूर्व, जेठ २१ गते । रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका ४ दादीङमा ट्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीमा अनुसार मृत्यु हुनेमा सिस्ने गाउँपालिका ४ दादीङकै १५ वर्षीय आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दि बुढा रहनुभएको छ । स्थानीय कोम्बोट खोलाबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दादीङकै ५९ वर्षीया ओइली पुन र ४५ वर्षीय रुद्रबहादुर मल्ल हुनुहुन्छ । मल्लको अवस्था सामान्य छ भने पुनको अवस्था गम्भीर छ । उहाँको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।प्रहरीका अनुसार ट्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । ट्याक्टर सडकदेखि तल पनि खसेको छैन । ट्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । ट्याक्टर चालकको नाम, ठेगाना भने खुलेको छैन । चालक फरार रहेकाले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख वलेन्द्र साहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भेटवार्ता गर्नुभएकाे छ । शनिबार विहान अध्यक्ष निवास खुमलटारमा उहाँले भेटवार्ता गर्नुभएकाे हाे ।
काठमाडौं, जेठ २१ गते । नेपालका विख्यात जात्राहरूमध्ये एक हो भोटोजात्रा । करुणामयको रथको खटजलमा उभी पुरानो रत्नजडित भोटो सर्वसाधारणलाई चारै दिशाबाट देखाएपछि यो वर्षको मछिन्द्ननाथको जात्रा समाप्त हुने गर्छ ।कर्काेटक नाग टौदहमा विराजमान हुनुहुन्छ भन्ने विश्वास छ । नागले आफ्नी श्रीमतीको आँखा सञ्चो गराउन वैद्य खोज्दै हिँड्नुभएको थियो रे ।” नाग मानिसको रूप धारण गरेर नागपोखरीबाट बाहिर निस्किएर वैद्यको खोजीमा हिँडे । डराएका किसानले आफ्नो शरीरबाट पसिना आएको मैलो मिचेर रानीको आँखामा लगाइदिए । त्यसले रानीको आँखा सञ्चो भयो । त्यसपछि नागराज खुसी भएर पत्थर र हिरामोतीहरु जडित अमूल्य भोटो उपहार दिए । भोटो बोकेर किसान फेरि धर्तीमा फर्किए । एकदिन किसान खेतमा काम गर्न भोटो लगाएर गए । त्यसपछि त्यहाँ भेला भएका मानिसहरुले जसले आफ्नो हो भन्ने प्रमाण जुटाउन सक्छ त्यसले भोटो लैजान पाउने भनेर मच्छिन्द्रनाथलाई चढाए । तर किसान र भूत दुबैले भोटो आफ्नै हो भन्ने प्रमाण जुटाउन सकेनन् । यसरी आजसम्म पनि हरेक वर्ष जात्राको अन्तिम दिन भोटो कसैको हो भने प्रमाण जुटाएर लिन भोटो चारै दिशामा देखाउने चलन रहेको जोशी बताउनुहुन्छ । प्राचीन कालको परम्परानुसार कुनै पनि विवादको निर्णय लिन गाह्रो परेमा झगडियाहरूलाई देवताको अगाडि राखी शपथ लिन लगाउने चलन छ । यसरी भोटो मछिन्द्नानाथकै जिम्मामा रह्यो र बर्षेनि त्यस भोटोको हकदार कोही भए अगाडि आओ भनी त्यसलाई प्रदर्शित गर्ने परम्परा प्रचलित भयो । यसरी यो भोटो जात्राको परम्पराले मध्यकालीन नेपालको न्याय व्यवस्थालाई झल्काएको जोशीको भनाइ छ ।
राममणि दाहाल हेटौँडा, जेठ २१ गते । मकवानपुर जिल्लाका पहिलो सगरमाथा आरोही विक्रम कार्की आफ्नै गाउँमा सम्मानित हुनुभएको छ ।पूर्वी मकवानपुरको बकैया गाउँपालिका ४ का कार्कीलाई बकैया गाउँपालिकाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी पालिकाको नाम उच्च बनाएको र प्रतिष्ठा बढाएको भन्दै शुक्रबार पालिकामा कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । पालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री र पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्कीसहितको नौ जना नेपाली र एक जना भारतीय नागरिक गरी दस जनाको समूहले सगरमाथाको सफल आरोहण गरेका थिए ।लामो समयदेखिको सगरमाथाको चुचुरोमा पाइला राख्ने आफ्नो लामो समयदेखि इच्छा जेठ ७ गते शनिबार बिहान ११ः२२ मा पूरा भएको आरोही कार्कीले बताउनुभयो । आधार शिविरबाट हिँडेको चौथो दिनमा सगरमाथाको चुचुरोमा नेपालको झण्डासहित पुग्न सफल कार्कीले यसअघि आधा दर्जन हिमालको आरोहण गरिसक्नुभएको छ ।जेठ २ गते सगरमाथाको सर्वोच्च शिखरमा पाइला टेक्ने लक्ष्यसहित तयारी गरेर काठमाडौँबाट निस्किएको कार्कीको टोलीमा गएका दीपक महतको मृत्यु भएपछि आरोहण समय लम्बिएको थियो ।माउण्टेरिङ, रक क्लाम्बिङ, हिमालमा जोखिममा परेकाको उद्धार, क्यानोनिङ, प्राथमिक उपचार, स्किलगायतका प्रशिक्षण लिनुभएका कार्कीले गाइडको कामसँगै काठमाडौँमा ट्रेकिङ व्यवसाय गर्दै आउनुभएको छ ।
नेत्र शाही जुम्ला, जेठ २१ गते । तातोपानी गाउँपालिका १ स्थित रानीज्यूलोमा कुलो निर्माणपछि रोपाई सुचारु भएको छ । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानीज्यूलोसहित तातोपानी र तिलाको भरीखोला क्षेत्रका सिँचाई कुलाहरु बगेपछि सिँचाई प्रभावित भएको थियो । अहिले केही कुलोहरु निर्माण गरेर रोपाई सुचारु गर्ने प्रयास गरिएको छ । तातोपानी १ अन्तरगत पर्ने रानीज्यूलो कुलो बाढीले बगाएको स्थानको आरसीसी गरेपछि सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको ७ लाख र स्थानीयको एक लाख रुपियाँ श्रमदानमा उक्त कुलो बाढीले बगाएको स्थानमा ४१ मिटर आरसीसी र अन्य काम गरेपछि पानी सुचारु भएर रोपाई भएको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार विपतले बगाएको रानीज्यूलाको कुलोमा तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मीटर आईरसिसि, ४० वटा ग्याविन र अन्य काम गरेपछि रोपाई सुचारु भएको छ रानिज्यूलोमा करिब १५, १६ हेक्टर मार्सीधान फल्ने खेत रहेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताउनुभयो । उहाँले विपतले धान रोप्न नपाइने हो की भन्ने थियो तर अव यो वर्ष जेनतेन पानी पु¥याउन कृषि विकास कार्यालयको कार्यक्रमले राहात दिएको बताउनुभयो । उहाँका अनुसार अव यो वर्ष रोपाई त हुन्छ तर नदिले धेरै कटान गरिसकेकाले ध्यान नदिएमा फेरि बगाउने डर उत्तिकै छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको पक्षमा आफ्ना एजेन्डा तयार गर्ने जनाएको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १९ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको अर्थतन्त्र संकटमा रहेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको बिहीबार राजधानीमा आयोजित आठौं परिषद् बैठकको उद्घाटन समारोहमा उहाँले बजारमा नेपाली पैसा हराएकोप्रति गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।“हिजोको तुलनामा पूँजीगत खर्च घटाइएको छ । जनतामा निराशा बाड्छौं कि आशा बाड्दैछौं ? नागरिकलाई भविष्यप्रति आशावादी बनाउन सक्नुपर्ने भन्नुहुँदै उहाँले यो शब्दबाट होइन, व्यवहार र नीति निर्माताको तहबाट हुनुपर्छ”, उहाँले बताउनुभयो ।लामो समयसम्म वित्तीय क्षेत्रबाट अपेक्षाकृत प्रतिफल आउन नसकेको उहाँको भनाइ छ । नेपालमा जति डलर विक्री हुन्छ, त्यति पैसा नेपाली बैंक र बजारमा आउनुपर्ने तर यो नआएको उहाँले बताउनुभयो । यसको कारण खोज्नुपर्ने भन्नुहुँदै उहाँले यस्ता विषयमा राष्ट्र बैंक मौन बस्न नहुने धारणा राख्नुभयो ।
नारद कोहारतौलिहवा, जेठ १९ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित भिक्षेचोकमा नमूना चौमुखे गेटको निर्माण कार्य शुरु गरिएको छ । हुलाकी बाटो विस्तार गर्ने क्रममा ४ महिना अघि तौलिहवास्थित प्रशासनचोक नजिकै रहेको विक्रम सम्वत २०१४ साल निर्मित महेन्द्र गेट भत्काइएपछि यो गेटको निर्माण शुरु गरिएको हो ।नमूना गेट निर्माणका लागि ४ वटा मध्ये ३ वटा पिलर खडा गर्न खाल्डो खनेर निर्माण कार्य थालिएको कपिलबस्तु नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । उहाँले भन्नुभयो “चार कुनामा चार वटा पिलर भएको सेमी सर्कुलर मोडेलको गेट निर्माण थालिएको हो ।”करिब ८३ लाख रुपियाँ लागतको नूमना गेटको निर्माणका लागि एमके मंगलदीप जेभी काठमाडौंसँग निर्माणका लागि सम्झौता भएर निर्माण कार्य केही शुरु भएको हो । हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्रगेट भत्काउने कुरा थाहा पाएपछि नगरपालिकाले २ वर्षदेखि नै भिक्षुचोकमा नमूना गेट निर्माणका लागि प्रक्रिया थालिएको थियो । गेटको उचाई साढे ४ मिटर देखि ९ मिटरसम्म हुने नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । डिजाईन बुल्ड मेथडमा गेटको भित्र स्पाम साढे २८ मिटरको हुनेछ । गेटमा दिशा र ठाउँ देखाउने एलआइडी प्यानल समेत हुनेछ । गेट २०७९ साउन दोश्रो साता निर्माण सम्पन्न हुने योजना भए पनि सयममा काम नसकिने देखिएको छ ।नमूना गेट निर्माण भएपछि तौलिहवा बजारको समेत चिनारी फेरिने नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘चौमुखे नमूना गेट निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिनेछ ।’ ठेकेदार कम्पनीलाई समय मै काम सम्पन्न गर्न कडा निर्देशन दिइएको नगर प्रमुख पौडेलले बताउनुभयो । तौलिहवाको भिक्षु चोकमा गेट निर्माण गर्न खाल्टो खन्दै । तस्विर - नारद कोहार । तौलिहवा
शेरबहाुदर सार्कीबाजुरा, जेठ १९ गते । बाजुरा जिल्लाका नौ वटा स्थानीय तह मध्ये आठ स्थानीय तहमा जनप्रतिनिधिको आगमन भए पनि बूढीगङ्गा नगरपालिका जनप्रतिनिधि विहीन भएको छ । वैशाख ३० गते मतदान केन्द्रमा धाँधली भएको विषयमा मतगणना स्थगित गरिएपछि बूढीगङ्गा नगरपालिका जनप्रतिनिधि विहीन भएको हो । तर आठवटा स्थानीय तहमा जनप्रतिनिधिहरुले जनताको विश्वास नटुटाउने गरी विकासलाई पहिलो प्राथमिकतामा राखेका छन् ।बाजुराको स्वामिकार्तिक गाउँपालिकाको अध्यक्ष भरतबहादुर रोकायाले सो क्षेत्रमा फोर जी सहितको एनटिसीको टावर निर्माण गर्ने निर्णय गर्नुभएको छ ।बाजुराको छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट जिल्लालाई बेस बनाएर एक बुहप्राविधिक शिक्षालय खोल्ने, कृषि उत्पादन बढाउन कृषक पेन्सन, निःशुल्क एम्बुलेन्स सेवा दिने स्वामिकार्तिकको पहिलो बैठकमा निर्णय गर्नुभएको छ ।त्यसैगरी, बडिमालिका नगरपालिकाले प्रमुख अम्मरबहादुर खड्काले स्वास्थ्य, शिक्षा, खानेपानी, ढल निकास, डम्पिङ साइट व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुभएको छ ।बूढीनन्दा नगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि व्यरोजगारी जस्ता विषयलाई पहिलो प्राथमिकिता दिएको छ । नगर प्रमुख जनककुमार बोहराले नगरपालिकाको पहिलो बैठकमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, आधुनिक कृषि प्रणालील, जेष्ठ नगरिकलाई निःशुल्क उपचार तथा सामाजिक सुरक्षा भत्ता घरघरमै गएर दिने जस्ता निर्णय गर्नुभएको छ ।त्रिवेणी नगरपालिका, गौमुल छेडेदह, जगनाथ हिमाली गाउँपालिकाले पनि राजजारी, शिक्षा, खानेपानी, निःशुल्क स्वास्थ्य जस्ता विषयमा प्राथमिकता दिएको छ ।
काठमाडौँ, जेठ १९ गते । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ । भगवान् शिवको बासस्थान हिमालयमध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले राससलाई जानकारी दिनुभयो । पोखरेलले दुवै पुस्तक संस्कृतबाट नेपाली र अङ्ग्रेजीमा अनुवाद गर्नुभएको हो । अङ्ग्रेजी शिवपुराण छुवाङ काल्देन शेर्पाले र नेपाली शिवपुराण लाक्पा डेन्डी शेर्पाले २०२२ मे १३ मा सगरमाथाको चुचुरोबाट अनावरण गर्नुभएको हो । अठार महापुराणमध्येको हिन्दूहरूको पवित्र ग्रन्थ सगरमाथाबाट अनावरण हुनु सुखद् सौभाग्यको विषय भएको बताइन्छ । अध्यात्मज्ञानमा आस्था र श्रद्धा भएकाका लागि यो अत्यन्त महत्वपूर्ण कार्य भएको जनाइएको छ । यो काम सम्पन्न गर्न थामसेर्कु टेक्रिङ एण्ड एक्स्पीडिसनका अध्यक्ष सोनाम शेर्पा, व्यवस्थापक अञ्जन राई र नीमा नोरु शेर्पाले सहयोग गर्नुभएको लेखक पोखरेलले बताउनुभयो । उहाँले १८ वटै पुराण नेपाली भाषामा अनुवाद गरिसकेको जानकारी पनि दिनुभयो ।
काठमाडौँ, जेठ १९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा.किरण शाक्यले गर्नुभएको हो । चिकित्सकको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।
सन् २०१९ को अन्तिमबाट चीनको उहानबाट सुरु भएको कोरोना भाइसरको सङ्क्रमणदर विश्वबाटै विस्तारै कम हुँदै गएको तथ्यांकले देखाएको छ । र, नेपालमा पनि कोरोना पृष्टि हुनेको संख्यामा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।