• ७ जेठ २०८१, सोमबार

छ दिने रक्षा सम्वाददाता अभिभुखिकरण कार्यक्रम शुभारम्भ

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, जेठ २२ गते । नेपाली सेनाले छ दिने रक्षा सम्वाददाता अभिभुखिकरण कार्यक्रम शुभारम्भ गरेको छ । पोखराको विजयस्थित श्री मध्य कमाण्ड हेड क्वाटरमा सो कार्यक्रमलाई कमाण्ड सेनापति उपरथी बावुराम श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।

सो कार्यक्रममा विभिन्न सञ्चारगृहका पाँचजना महिलासहित २५ जना रक्षा सम्वाददाताहरुलाई समाचार सम्पे्रषण गर्न सहज होस् भनेर नेपाली सेनाको सांगठनिक स्वरुप, भूमिका तथा नेपाली सेनाको काम, कर्तव्य र जिम्मेवारीलगायतका विषयवस्तुमा प्रशिक्षण दिइनेछ । 

यस्तै, विषयवस्तुसहित प्रशिक्षार्थीहरुलाई तनुहुँ हाइड्रोपावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा संग्रहालय, लुम्बिनी भ्रमण तथा बुटवलस्थित जितगढीको फिल्ड भिजिट गराउने योजना रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।