• २० असोज २०८१, आइतबार

माछा मार्ने क्रममा डुबेर मृत्यु

blog

नारद कोहार

तौलिहवा, जेठ २२ गते । कपिलबस्तुको विजयनगरमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका १ का ४५ वर्षीय जोकबहादुर खन्गाहा रहेको कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । खन्गाहाको शनिबार साँझ माछा मार्ने क्रममा चिरही खोलामा डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।

माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खन्गाहाको शवलाई पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंज लगिएको छ ।

शवलाई पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।