• १७ असार २०८१, सोमबार

भोटो जात्रामा राष्ट्रपति भण्डारी सहभागी हुने

blog

फाइल तस्विर –सुजन गुरुङ (गाेरखापत्र अनलाइन)

काठमाडौं, जेठ २१ गते । काठमाडौं उपत्यकामा आज राताे मच्छिन्द्रनाथ (बुगंः करुणामय द्यः) भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालकाे देवता राताे मच्छिन्द्रनाथकाे जात्राकाे अन्तिम दिन आज भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थिति रहने बताइएकाे छ ।  

रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्याइएको थियाे । यसकाे चौँथो दिन परम्पराअनुसार जात्राकाे अन्तिम दिन आज भाेटाे देखाउने लागिएको हो ।

आज साँझ ५ बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइनेछ । भोटो देखाइसकेपछि करुणामयलाई पुनः बुंगमतीमै पुर्याइनेछ ।

भोटो जात्राको अवसरमा सरकारले आज  सार्वजनिक विदा दिएको छ ।

याे पनि पढ्नुहाेस् । पढ्नकाे लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस्...
राताे मछिन्द्ननाथको भोटोजात्रा आज