बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरूले बुटवलको सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई प्रमुख चुनावी नारा बनाएका छन् । सत्ता गठबन्धनका तर्फबाट बुटवल उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका खेलराज पाण्डेयले आफ्नो पहिलो प्राथमिकता सुकुम्बासी समस्याको समाधान नै रहेको बताउनुभयो ।
नेपालले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध दोस्रो टी-२० खेल खेल्दैछ । कीर्तिपुर स्थित त्रिवि मैदानमा दिउँसो १:०० बजे सुरु हुने खेलमा नेपाल पहिलो खेलमा हारेको बदला लिने योजनामा छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । पाथीभरा सडकको सुकेटार–काफ्लेपाटी खण्डको कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । ट्याक निर्माण भएको लामो समयपछि उक्त सडकखण्ड कालोपत्रे गर्न लागिएको हो ।
सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो निर्णयबाट पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा माग गर्दै आएका व्यवसायी सरकारको सो निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छन् ।
स्थानीय तहको निर्वाचनका सन्दर्भमा चितवनको भरतपुर महानगरपालिका यतिबेला सर्वाधिक चर्चामा छ ।
काठमाडौँ महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र छाप्ने कार्य पूरा भएको छ । निर्वाचन आयोगले छ महानगर र भक्तपुर जिल्लाको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै छाप्ने जनाएको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौँ महानगरको तीन लाख र भक्तपुर जिल्लाको एक लाख ५० हजार मतपत्र छापिएको जानकारी दिनुभयो ।
मतदाता सूचीमा नाम नभएका कारण सप्तरीको रूपनी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवारको मनोनयन दर्ता रद्द भएको छ ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट जिल्लाको रूपनी गाउँपालिका अध्यक्ष पदमा अरुणकुमार साहले मनोनयन दर्ता गर्नुभएको थियो । निर्वाचन आयोगले बिहीबार साहको मनोनयन रद्द गरेको हो । २०७० को संविधान सभा निर्वाचनमा मतदान गरेको ठाउँमा आफ्नो नाम हटेको विषयमा साह आश्चर्यचकित हुनुभएको छ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १९ गते । भजन शिरोमणि भक्तराज आचार्यको नाममा स्थापित ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७८’ सङ्गीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई प्रदान गरिएको छ ।शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई जनही ५० हजार एक रुपियाँसहित सम्मान गरिएको हो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गर्नुभयो । त्यसैगरी कार्यक्रममा ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’ बाट वाद्यवाधक रुपेश सिंहलाई नगद २५ हजार एक रुपियाँ प्रदान गरियो ।
कपिलवस्तुमा स्ट्रारिपर (भुसा काटने मेसिन)को प्रयोग बढ्दै गएको छ । विगत वर्षमा कम्बाइन मेसिनले गहुँ र धान काटेपछि बाँकी रहेका ठुटालाई खेतमै छाडिने गरिन्थ्यो । त्यही ठुटालाई सफा गर्ने नाममा खेतमा आगो लगाउने गरिएको थियो तर स्ट्रारिपर मेसिनले खेतमा बाँकी रहेका गहुँ र धानको ठुटालाई भुस बनाई सङ्कलन गर्ने गरिएको छ । स्ट्रारिपरको प्रयोग गत वर्षदेखि कपिलवस्तुमा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले बताउनुभयो ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क मुटुरोग परीक्षणसम्बन्धी शिविरबाट एक हजार पाँच सय जनाभन्दा बढीले सुविधा लिएका छन् । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको शिविरमा एक हजार ५०५ जनाको मुटुको परीक्षण गरिनुका साथै औषधि उपचारको सेवा प्रदान गरिएको थियो ।
बागलुङमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेल गरेका छन् । एमालेले नगरप्रमुख र राप्रपाले उपप्रमुखको भागबन्डा गरी चुनावी गठबन्धन गरेका हुन् । एमालेले प्रमुखमा प्रदेश कमिटी सचिवालय सदस्य जनकराज पौडेल र राप्रपाले जिल्ला समिति सदस्य सञ्जय खड्कालाई उपप्रमुखको उम्मेदवार बनाएको छ । पहिलो स्थानीय तह निर्वाचनमा पनि चुनावी तालमेल गरेका दुई दल दुवै पदमा विजयी भएका थिए । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एमाले र राप्रपाले आइतबार चुनावी घोषणपत्र सार्वजनिक गरेका छन् ।
नेपाल प्रहरीका अनुसार दस महिनाको अवधिमा लागूऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता भएका छन् । यस अवधिमा ९१ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा आर्थिक वर्ष ०७८/७९ देखि हालसम्ममा दर्ता भएका उजुरीका पाँच जना आरोपित फरार छन् । पछिल्लो समय घरमै भण्डारण गरी लागूऔषध बिक्री गर्दै आएका एक युवालाई प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बोदेबर्साइन नगरपालिका–९, देउरीस्थित घरबाट लागूऔषधसहित पक्राउ परेका १९ वर्षीय शङ्कर यादवलाई सार्वजनिक गरेको छ ।
सर्लाहीको कृषि उपज थोक बजार लालबन्दीमा किसानले उत्पादन गरेर ल्याएको बोडीले मूल्य पाउन छाडेको छ । केही दिनअघिसम्म थोरै मात्र आउने बोडी विगत एक सातादेखि भने बजारमा अत्यधिक भित्रिन थालेको हो । बोडी उत्पादनको मुख्ययाममा मूल्य भने नपाउँदा किसान निराश छन् ।
बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई २-१ गोलले हरायो ।
इङ्लिस प्रिमियर लिग फुटबलको बलियो टोली चेल्सीलाई रेलिगेसनको दबाबमा रहेको एभर्टनको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा चेल्सी एभर्टनसँग उसैको मैदानमा १-० गोलले पराजित भयो ।