• १५ वैशाख २०८१, शनिबार

गोरखापत्रकर्मी चाँदनी सम्मानित

blog

तस्बिर : कबिता थापा

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १८ गते ।
सामुदायिक वन दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासंघले गोरखापत्रकर्मी चाँदनी हमाललाई सम्मान गरेको छ ।

सामुदायिक वन व्यवस्थापन, संरक्षण, प्रवद्र्धनसँगै उपभोक्ता अधिकारको विषयमा लामो समयदेखि कलम चलाएर योगदान पुर्याएवापत उहाँ सम्मानित हुनुभएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दोसल्ला ओढाएर कदरपत्रसहित उहाँलाई सम्मानित गर्नुभयो । 

अध्यक्ष तिमिल्सिनाले कान्तिपुर टेलिभिजनका रामकृष्ण भण्डारीलाई पनि सम्मान गर्नुभयाे।

यसैगरी, सामुदायिक वन स्थापना र व्यवस्थापनमा विभिन्न समयमा अध्यक्ष पदमा रहेर योगदान दिनुभएका संस्थापक अध्यक्ष भीमप्रसाद श्रेष्ठ, पूर्वअध्यक्ष  हरिप्रसाद न्यौपाने, घनश्याम पाण्डे, अप्सरा चापागाईं र गणेश कार्कीलाई पनि सो कार्यक्रममा सम्मानित गरियो ।