• १३ वैशाख २०८१, बिहिबार

बोसिया खेलकुदमा बुद्ध र आकारको जोडी पहिलो

blog

पारा बोसियामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौं, जेठ १९ गते । बुद्ध राई र आकार थापाको जोडी पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा पहिलो हुनुभएको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको प्रतियोगिताको सोही स्पर्धामा विकेश अधिकारी र गोपाल पौडेलको जोडी दोस्रो तथा अमिता श्रेष्ठ र प्रिता मल्लको जोडी तेस्रो हुनुभयो । 

फरक क्षमता भएका व्यक्तिहरुको लागि नेपाल बोसिया संघको व्यवस्थापनमा राखेपद्वारा आयोजित प्रतियोगिताको बीसी ४ को मिस्क टिम स्पर्धामा विष्णु घिमिरे, सुवेच्छा खतिवडा र निलम अधिकारी पहिलो, सुकुमाया लो, सविन तामाङ र जिज्ञासा अधिकारी दोस्रो तथा सीता ढकाल, सुरुजन रावत र विशाल श्रेष्ठ तेस्रो हुनुभयो ।

बीसी ३ को मिक्समा आश्मा सिग्देल र रिदम क्षेत्रीले स्वर्ण, मर्यम नकर्मी र आयुष्मा अधिकारीले रजत तथा लिजा वज्राचार्य र सुभला राईले कांस्य जित्नुभयो । बीसी २ को मिक्स टिममा रुपेश लामिछाने, रोशनी खत्री र अशोक बस्नेत पहिलो, प्रताप बराल, सुमन पालिखे र गंगामाया कसलवत दोस्रो तथा सुलोचना, दीपा सुलु र मानबहादुर भुजेल तेस्रो हुनुभयो । 

सिंगल मिक्स स्पर्धामा मौसम चौधरी र लक्ष्मी मगरले स्वर्ण जित्नुभयो । दुई दिने प्रतियोगितामा ५२ जनाले भाग लिएका थिए । विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, फरक क्षमता भएका व्यक्तिहरुको लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेललगायतले पुरस्कार प्रदान गर्नुभयो ।