• ४ वैशाख २०८१, मङ्गलबार

भक्तपुर जिल्ला समन्वय समिति निर्वाचनको कार्यतालिका

blog

काठमाडौं, जेठ १८ गते । भक्तपुर जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका बुधबार सार्वजनिक भएको छ । 

भक्तपुर मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार जेठ १९ गते बिहीबार बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। शुक्रबार बिहान १० बजे अपरान्ह ५ बजेसम्म मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिइनेछ । साँझ छ बजेसम्म संशोधित मतदाता नामावली प्रकाशन हुनेछ । 

जेठ २१ गते मतदाताको विरोधमा उजुरी दिने, २२ गते बिहान १० देखि ५ बजेसम्म मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र साँझ छ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

२३ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र साँझ छ बजे मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची  प्रकाशन हुनेछ ।

२४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने र ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । 

जेठ २६ गते उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । 

जेठ २८ गते बिहान १० देखि ५ बजेसम्म मतदान हुनेछ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारीले मतदान कार्य सम्पन्न भएपछि यथाशून्य मतगणना गरेर परिणाम घोषणा हुने बताउनुभएको छ ।