• १५ वैशाख २०८१, शनिबार

नदीमा डुबेर बालकको मृत्यु

blog

जानु पाण्डे

कपिलवस्तु, जेठ १८ गते । कपिलवस्तुको वाणगंगा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका २ पडेरीयाका १० वर्षीय बालक अहमद रजा रहेका छन् । 

नदीमा नुहाउन गएकोबेला रजाको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो । मृतक वालकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।