काठमाडौं, जेठ १८ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बुधबार आयोगले अध्यक्ष लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरे उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो।
सुर्खेतको गढी, लेखगाउँ, कुनाथरीमा दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भन्दै नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिएर भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अध्यक्ष लामिछाने र सामाजिक परिचालक घिमिरेविरुद्ध १३ लाख ३७ हजार बिगो दाबी गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो।