• २७ वैशाख २०८१, बिहिबार

कांग्रेससँग सहकार्य गरेर अघि बढ्छु : प्रमुख शाह

राम्रा काममा सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री देउवा

blog

प्रधानमन्त्रीको निवास बालुवटारमा प्रधानमन्त्रीसँग भेट गर्नुहुँदै काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, जेठ १८ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको सहयोग रहने बताउनुभएको छ। बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो।  प्रधानमन्त्री देउवासँग भेट गर्न बुधबार दिउँसो महानगर प्रमुख शाह बालुवाटार पुग्नुभएको हाे। 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ सहयोग रहने विश्वास दिलाउनुभएको छ। भेटमा प्रधानमन्त्री देउवाले  महानगर प्रमुखमा विजयी हुनुभएकोमा शाहलाई बधाई दिनुभएको छ। 

प्रधानमन्त्रीसँगको भेटमा महानगर प्रमुख शाहले आफूले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ।